सुर्खेत । अधिवेशनको उद्घाटन शत्रमा पार्टी अध्यक्ष र महासचिवको संवोधनमै सकाएको एमाले कर्णालीको बन्दशत्र अन्योल भएकोछ ।
बिहान ८ बजे नास्ता खाएर शुरु हुने भनिएको बन्दशत्र साढे बजेपनि शुरु नभएपछि अधिवेशन प्रतिनिधिहरु कतिखेर शुरु हुने होभननेमा अन्योल देखिएका छन् ।
पार्टी महासचिवले नेताहरुलाई सहमतिको प्रयास गर्ने काम भैरहेको भन्दै बिहानै देखि नेताहरु सिद्धार्थ होटेलमा केन्द्रित देखिएपछिसुर्खेको सिटी हलका दश वटै जिल्लाबाट आएका प्रतिनिधिहरु फुर्सदिला भएर बसेका हुन् ।
बिहानै देखि बन्द शत्र शुरु गर्ने भनेर हामी बिहानै देखि कार्यक्रम स्थलमा आएका थियौं हुम्लाबाट आएका प्रतिनिधि नन्द महतारालेभने कार्यक्रम पनि शुरु नहुने, नेताहरु पनि नआउनाले हामीहरुलाई अन्योल बनाएको छ ।
बन्द शत्र ६ घण्टासम्म पनि शुरु नभएपछि प्रतिनिधिहरु फोटा खिच्ने, विभिन्न समुह बनाएर नयाँ नेतृत्वको आँकलन गर्दे बसिरहेकादेखिन्छन् ।
नेतृत्व छनोट चुनावबाटै
नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व छनोटका लागि अन्ततः निर्वाचनबाटै हुने देखिएको छ ।
अघिवेशनको उद्घाटन शत्रमा प्रदेशका नेता कार्यकर्तालाई सर्वसम्मत नेतृत्व छनोटका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशनदिएपनि अध्यक्षका आकांक्षीबीच सहमतीको संभावना टर्दै गएपछि नयाँ नेतृत्वको लागि चुनाव हुने देखिएको हो ।
प्रदेशको नेतृत्वका प्रत्यासीलाई प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई जना स्थायी कमिटि सदस्य यामलाल कँडेल र गोरखबहादुर बोगटीलेभित्रभित्रै बोकेर हिडेपछि नयाँ नेतृत्वको छनोट अन्ततः निर्वाचन बाटै हुने भएको छ ।
स्थायी कमिटि सदस्य कँडेलले पार्टी पोलिटव्यूरो सदस्य गुलावजंग शाह र अर्का स्थायी कमिटि सदस्य बोगटीलेप्रदेश कमिटि सदस्यमिनबहादुर शाहीलाई बोकेर हिडेपछि सहमतिको संभावना टर्दै गएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘बुधबार अधिवेशन उद्घाटनमा सुर्खेत पुगेका पार्टी महासचिव शंकर पोखरेलले सहमतिका लागि वान टु वान भेटघाट गर्नुभयो तरआकांक्षीबीच सहमतीको संभावना देखिएन’, आप्mनो नाम उल्लेख नगर्ने शर्तमा ति केन्द्रीय सदस्यले भने, ‘बिहान ८बजे शुरु गर्ने भनिएको बन्द शत्र अहिले (१२ः३०) सम्मपनि शुरु भएको छैन् । नेताहरु आआप्mनो समुहका गुटगत भेलामा व्यक्त छन्भने कसरी सहमती होला ? मलाई त त्यो लाग्दैन् ।’
यस्ता छन्; गुटगत उम्मेरदवार
बन्द शत्र शुरु गर्न ढिला गरेर गुट निर्माणमा लागेका स्थायी कमिटि सदस्यद्धय कँडेल र बोगटीले पदाधिकारीमा को को लड्ने भनेरगृकार्यमा लागिरहेका छन् । स्थायी कमिटि सदस्य कँडेल निटक नेताका अनुसार अध्यक्षमा पोलिव्युरो सदस्य गुलावजंग शाह(सल्यान), उपाध्यक्षमा टेकराज पछाई (जुम्ला), सचिवमा र्धु शाही (सुर्खेत) दुई उपसचिवमा रविन्द्रराज शर्मा (दैलेख) र जितबहादुरमल्ल (मुगु) नै हुने लगभग पक्का जस्तै छ । यद्यपी उक्त टिमले अन्तिम लिस्ट भने सार्वजनिक गरेको छैन् ।
अर्का स्थायी कमिटि सदस्य बोगटी समर्थक एक जना प्रदेश कमिटि सदस्यका अनुसार अध्यक्षमा मिनबहादुर शाही (कालिकोट) उपाध्यक्षमा लालबहादुर महतारा (जाजरकोट), सचिवमा डण्डीप्रसाद शर्मा (सुर्खेत), उपसचिवमा रुद्र शाही (दैलेख) नाम टुंगिएपनिअर्को नाममा सहमती भएको छैन् । शुरुमा पद्मा खड्काको नाम ल्याएपछि मतदातालाई आकर्षित गर्न पदाधिकारी एकै जिल्लादोहोर्याउन नहुने सुझाव गुटका नेताहरुबाट आएपछि अर्को कसलाई उठाउने भन्नेमा सल्लाह भैरहेको छ ।