मंसीर १७, सुर्खेत । कर्णाली प्रदेश सरकारले पत्रकारहरुकालागि स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशका दश जिल्लामा कार्यरत श्रमजीवि पत्रकारहरुलाई नै लक्षित गरेर विषक कार्यक्रम अन्तरगत बिमा कार्यक्रम शुरु गरेको छ । प्रदेश सरकारले बेग्लै कार्यविधि बनाएर पत्रकार स्वास्थ्य बिमा कार्यक्रम आजदेखि शुरु गरेको कर्णाली प्रदेशको सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मा पाएका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले बताए ।
मन्त्री भण्डारीका अनुशार कर्णाली प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारहरुलाई बिमा सेवा दिइने छ ।
कार्यक्रमको शुरुवातीमा अहिले पाँचलाखसम्मको पत्रकार स्वास्थ्य विमाका लागि कर्णाली प्रदेश सरकारले कार्यविधि बनाएको बताएका मन्त्री भण्डारीले नेपालबोटसँग भने, “आवज बिहिनहरुका आवाजलाई राज्यका निती निर्मातासम्म पुर्याउने पत्रकारकै जीवन असुरक्षित भएको भन्दै कर्णाली प्रदेश सरकारले यो कार्यक्रमको शुरुवात गरेको हो ।”
स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका दशवटा जिल्लामा काम गर्ने पत्रकारले बिरामी भएमा, घाईते भएमा, पूर्र्णरुपमा अपाङगता भएमा वा रिर्पोटिङ्गका क्रममा मृत्यु भएमा बिमाको सुविधा पाउने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले जानकारी दिए । उनका अनुशार कार्यक्रममा कुनै पत्रकारको कारणवस मृत्यु भएमा उनको इच्छाएको परिवारका सदस्यले पाँच लाख बिमा स्ुविधा वापतको पाउने छन् ।
कर्णाली प्रदेश सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दर्गा थापाले स्वागत गरेका छन । भोली मंगलबार देखि लागु हुने गरि सुचना प्रकाशन गरी १५ दिन भित्र दरखास्त आव्हान गरिने मन्त्रालयले जनाएकोछ ।
पत्रकारले दरखास्त दिनका लागि जिल्ला र प्रदेशका पत्रकार महासंघमार्फत जानु पर्ने छ । कार्यक्रमको कर्णालीमा कार्यरत पत्रकारले स्वागत गर्दै यसको अर्थपूर्ण कार्यान्वयनमा जोड दिएका छन् ।