भदौ २९, सिमकोट । नेपाल सरकारले न्यून औलो जोखिममा रहेको भन्ने आधारमा स्थानीय स्वास्थ्य संस्थामा समेत औषधी नपठाएको हिमाली जिल्ला हुम्लाका बिरामीहरु औलो रोगबाट ग्रसित भएको पाइएको छ ।
औलो लागेर थलिएका गाउँका बिरामीले स्थानीय स्वास्थ्य संस्थामा सन्चो नहुँदा थप उपचारका लागि ३।४ दिनको पैदल हिडेर जिल्ला अस्पताल हुम्लामा भर्ना भएका सात जना बिरामीमा औलो रोग लागेको पाइएपछि हुम्लाका बिरामी औलोको जोखिममा रहेको प्रमाणीत भएको हो ।
गएको असार देखि गाउँबाट जिल्ला अस्पताल हुम्लामा रिफर गरिएका बिरामीहरुमा औलोको जिवाणु भएको ल्याव परक्षणबाट प्रमाणीत पछि हुम्ला औलोको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।
उच्च हिमाली जिल्ला हुम्लामा औला रोग छ भन्ने बारेमा जिल्ला स्वास्थ्यलाई कुनै संका नरहेको बताएका डा. यादवले भने “असार २७ गते सर्केगाड गाउँपालिका २ रिपका ९ वर्षिय रोशन महतारा गाउँमा सन्चो नभएपछि जिल्ला अस्पताल आए । जिल्ला अस्पतालमा भर्ना भएको धेरै दिनसम्म उनको ज्वरो नरोकिएपछि हामीले शंका गरेर औलो जिवाणु परिक्षण ग¥यौ । नभन्दै उनमा औलो भएको प्रमाणीत भयो ।”
जिल्ला अस्पतालमै एक जनामा औलो भएको प्रमाणीत भएपछि अन्य बिरामीमा समेत औलो हुन सक्नेभन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको तल्लो र मध्य क्षेत्रमा स्क्रीनिङ्ग क्याम्पस सञ्चालन गरेको बताएका डा. यादवका अनुशार स्त्रनिङ्ग शिविरमा सहभागि भएका मध्ये थप सात जनामा औलो भएको प्रमाणीत भयो ।
जिल्लाका अधिकांश बिरामीमा प्लाष्पोडियम भाइरिक्स भन्ने औलो भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । शुरुका बिरामीमा औलो देखा परेपछि बाजुरा, बाँके, सुर्खेतबाट आएका बिरामीसँग सरेर आएको (इमपोटेट केश) हुनसक्ने शंका गरेको जिल्ला स्वास्थ्यलाई जिल्लाको ताँजकोट, अदानचुली, सर्केगाड र चंखेलीमा सञ्चालन गरेको स्क्रिनिङ्ग शिविरमा भेटिएका सात जनामा इन्डिजिनियस औलो भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय हुम्ला जिल्ला औलोको उच्च जोखिममा रहेको भन्ने निचोडमा पुगेको हो ।
जिल्लामा औलो रोका बिरामीको संख्या बढ्दै गएको रिर्पोट आउन थालेपछि लगत्तै जिल्ला स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्य संस्थामा अलट रहन सर्कुलर जारी गरेको थियो । तर यही भदौ २१ गते सर्केगाड गाउँपालिकाका ५५ वर्षिय टोपबहादुर सुनारमा पुन औलो देखिएको डा. यादवले बताए । उनका अनुशार अहिलेसम्म रिपका महतारा र सर्केगाडका सुनार बाहेका सर्केगाड २ की रतनकला परियार, अदानचुली ५ का २२ वर्षिय मंग टमटा, २० की बेलौरा टमटा, ताँजकोट ३ मैलाकी २६ वर्षिया रमना मल्ल, ताँजकोट ५ का २१ व्र्षिय किशोर बुढामा औलो रोग लागेको प्रमाणीत भएको छ ।