सिमकोट । गएको आर्थिक वर्ष २०८२।०८३ मा जिल्लाका तिन जदर्नन बढि सरकारी कार्यालय भन्दा सबै बढि प्रगती गर्ने कार्यालयका रुपमा रहेको समाजिक विकास कार्यालयले चालु आर्थिक वर्षका आयोजना कार्यान्वयनको प्रक्रिया थालेको छ ।
भौतिक र वित्तिय प्रगती गरेको सामाजिक विकास कार्यालय बजेट खर्च नहुने, असारमा मात्रै विकासे रकम खर्च हुने पुरानो प्रवृतिको अन्य गर्न आर्थिक वर्ष शुरु भएको पहिलो महिनामै आयोजना कार्यान्वयनको प्रक्रिया थालेको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादु सिंहले जानकारी दिए ।
चालु आर्थिक वर्ष कर्णाली प्रदेश सरकारबाट स्विकृत आयोजनाहरुको सम्झौताका लागि हामीले सार्वजनिक सूचना जारी गरि सकेका छौं, कार्यालय प्रमुख सिंले नेपालवोटलाई जानकारी दिदैं भने, हाम्रो कार्यालयबाट कार्यान्वयन हुने विद्यालय तथा उपभोक्ता समितिलाई २१ दिनभित्र योजना सम्झौता गर्न सार्वजनिक आह्वान गरेका हौं ।
कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्वास्थ्य व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष, सदस्य सचिव तथा उपभोक्ता समितिका पदाधिकारीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित योजना तथा प्राविधिक शाखामा उपस्थित भई सम्झौता गर्नुपर्ने विवरणको सूचना सावर््जनिक गरेको छ ।
सम्झौताकालागि निर्माण समिति गठनको निर्णय, जग्गाधनी प्रमाणपूर्जा वा भोगाधिकारसम्बन्धी कागजात, सम्बन्धित वडाको सिफारिस, निर्माणस्थलको काम सुरु हुनुअघिको रङ्गीन फोटो, विद्यालय व्यवस्थापन समितिको निर्णय, उपभोक्ता समितिको निर्णय, विद्यालयको आधिकारिक पत्र, दर्ता प्रमाणपत्र तथा बैंक चेकको प्रतिलिपिलगायतका कागजात अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ ।
कार्यालयका अनुसार पेश गरिने सबै कागजातमा विद्यालयको आधिकारिक छाप र सम्बन्धित पदाधिकारीको हस्ताक्षर अनिवार्य हुने भएको छ । तोकिएको अवधिभित्र योजना सम्झौता नगरे त्यसबाट उत्पन्न हुने जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
हुम्लामा विगतका वर्षहरूमा अधिकांश विकास योजनाको सम्झौता फागुन–चैततिर हुने र असारको अन्तिमतिर हतारमा निर्माण सम्पन्न गरी भुक्तानी गर्ने प्रवृत्ति देखिँदै आएको छ । तर सामाजिक विकास कार्यालयले भने गत आर्थिक वर्षदेखि योजनाको सम्झौता आर्थिक वर्षको सुरुमै गरी समयमै निर्माण सम्पन्न गर्ने अभ्यासलाई निरन्तरता दिएको छ । यस वर्ष पनि योजना कार्यान्वयनमा ढिलाइ हुन नदिन आर्थिक वर्षको प्रारम्भमै सम्झौता प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ ।
स्थानीय सरोकारवालाले समेत यसलाई हुम्लामा देखिँदै आएको ‘असारे विकास’को प्रवृत्ति अन्त्य गर्ने सकारात्मक पहलका रूपमा लिएका छन । कार्यालयले नाम, ठेगाना वा योजना सम्बन्धी विवरणमा फरक परेमा स्थानीय कार्यपालिकाको निर्णय, सम्बन्धित वडाको सिफारिस तथा विद्यालयको सिफारिससहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०८३र०८४ का भौतिक निर्माण योजनालाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्ने उद्देश्यले सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।
गएको आर्थिक वर्ष २०८२।०८३ मा झण्डै ९० प्रतिशत वित्तिय र भौतिक प्रगती गर्ने प्रदेशको सिमित कार्यालयका रुपमा आफूलाई काम गरेर सामाजिक विकास कार्यालय हुम्लाले देखाएको प्रदेश लेखा इकाइ कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ ०७:१४