सिमकोट । गल्फागाड–श्रीनगर सडक निर्माणको काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका बुढाको अदानचुली गाउँपालिका– २ हबघरका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ ।
गाउँपालिकाको केन्द्रमा जोड्ने सडक निर्माणको काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा घाईते भएका बुढाको श्रीनगर स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको स्थानीय छप्की बुढाले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान थलोहाल्नाको मोड नजिकै सडकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा टाउकोमा चोट लागेर घाईते भएका थिए । गम्भिर घाइते भएका बुढालाई थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्खेत लैजानको लागि हेलीप्याडमा पुर्याउने क्रममा मृत्यु भएको हो ।
बुधबार बिहान दश बजेको समयमा अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि गाउँपालिका केन्द्रसम्म निर्माण कार्य भई रहेको सडकमा काम गर्ने क्रममा स्काभेटरले ढुङ्गा फाल्दा बुढाको टाउकोमा लागे गम्भीर घाइते भएको आरोप मृतकका आफन्तले लगाएका थिए । तर उक्त सडकका ठेकदार कम्पनीका प्रतिनिधि सेरसिंह कार्कीले भने स्काभेटरले नभई माथि राखीएको ढुंगा लडेर गएको ढुंगा बुढालाई लाग्दा गम्भिर घाइते भएको प्रतिक्रिया दिएका छन् ।
‘नजिकै राखेको औजार लिन जाने क्रममा माथिबाट स्काभेटर आउँदा नजिकै राखिएकोढुंगा पल्टिएर उनलाई चोट लागेको हो’, स्थानीय छप्की बुढाले भने, ‘स्काभेटर तिब्र गतीमा आउँदा उम्लेर गएको ढुङ्गा बुढाको टाउकोमा लाग्दा गम्भीर भाइते भएर ढलेका थिए । चोट लागेकै ठाउँबाट तत्काल श्रीनगर स्वास्थ्य चौकीमा लगेर प्राथामिक उपचार बाहेक थप उपचार संभव नहुने भएपछि सुर्खेत लैजाने तयारी गर्दै गर्दा निजको ज्यान गएको हो ।’
ढुङ्गा लागेर रक्ताम्मे भएका बुढालाई सुर्खेत लैजाने तयारी गर्दै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिए ।
आफन्तद्धारा आन्दोलन
सडककै काम गर्ने कामदारका रुपमा रहेका बुढाको ठेकदार कम्पनीकै स्काभेटरको लापरबाहीकै कारण निधन भएको भन्दै आफन्त आन्दोलित भएका छन् ।
दोषीलाई कारबाही गर, मृतकका आफन्तलाई क्षतीपूर्ति दे भन्ने नारा सहित मृतकका आफन्तले दिनभरजसो श्रीनगर बजारमा नाराजुलुस सहित आन्दोलन गरेका थिए ।
लास नबुझेका आफन्तले दिनभर श्रीनगर बजार क्षेत्रमा नाराजुलुस गरेर पछि श्रीनगरमा भएको गल्फागाड प्रहरी चौकी घेराउ समेत गरेका थिए ।
मृतकका आफन्तलाई दश लाक क्षतिपूर्ति दिने
मृतकका आफन्त, श्रीनगर स्थित गल्फागाड प्रहरी चौकी र सडक निर्माण कम्पनीबीच छलफल भएपछि मृतकको दाहसंस्कार गर्ने सहमती भएको छ ।
श्रीनगर प्रहरी चौकीमा अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको रोहबरमा भएको त्रिपक्षिय बैठककले पिडित पक्षलाई निर्माण कम्पिनीले ५ लाख र विमा मार्फत आउने ५ लाख गरी १० लाखको क्षतीपुर्ति उपलब्ध गराउने, पोस्टमाटम देखी किरियाखर्च समेत ठेकदारले उपलब्ध गराउने र यदी विमाले ५ लाख उपलब्ध नगराएको खण्डमा निर्माण कम्पनीले नै उक्त रकम व्यहोर्ने सहमती भएको बताइएको छ ।
पुर्वाधार विकास कार्यालय हुम्लाले निज घरपरिवारको एकजना सदस्यलाई रोजगारको व्यवस्था गर्ने गरी सहमती भएपछि मृतक बुढाका आफन्तले लाश बुभ्mने सहमती गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३ १९:५८