नेपालगञ्ज । तीन वर्षका विवेक फडेरा एक वर्षपछि आफ्ना वुवाआमालाई भेट्न नेपालगञ्ज आएको ५ दिनभयो । एक वर्षअघि पढ्न भन्दै संघीय राजधानी काठमाडौं पुगेका सर्केघाड ३ उनापानीका विवेक पहिलो पटक घर जाँदैछन् । वुवाआमासँग दिनहुँ भएको कुराकानीमै घरजान निकै हतारिने विवेक बिहान चारै बजे तयार हुन्छन् । ‘आज त घर जाने’ भन्दै हौसिने उनी दिन ढल्कीदैं जान्छ तर घर जाने जहाजको टिकट पाउँदैनन् ।
साथीहरूसँगै घर जाने सल्लाह अनुसार छायाँनाथ रारा नगरपालिका ४ मुगुका धिरेन्द्र महतारा नेपालगञ्ज आएको ४ दिनभयो । बिहान ५ बजे उठेर राँजा स्थित निजि विमान कम्पनी र ट्राभल्स ऐजेन्सीको दैलो चहारे । तर अहिलेसम्म टिकट पाएका छैन्न । उनलाई घर पुग्ने भन्दा टिकट पाउने पालो कहिले आउने हो भन्ने पनि अनिश्चित छ ।
हुम्लाका विवेक र मुगुका धिरेन्द्र त दशैंमा घर जान नेपालगञ्जमा टिकट नपाएर कहरिला दिन बिताएका यात्रुका प्रतिनिधि पात्र हुन् । यातायातको सहज पहुँच नभएका कर्णालीका ह्म्ला, मुगु, डोल्पा र जुम्लाका सयौ यात्रु अहिले हवाई टिकट नपाउँदा नेपालगञ्ज विमानस्थलमै अलपत्र परेका छन् ।
वर्षेनी दशैंको समयमा दसा बनेर आउने हवाई टिकटलाई सहज र व्यवस्थित पार्न कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले ०७५ को शुरुमै नै निर्णय ग¥यो । जसअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सिता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यबिच ०७५ जेठ २५ मा सुर्खेतबाट नियमित उडान गर्ने र यात्रुलाई सहज बनाउ विषयको सहमती पत्रमा हस्ताक्षर भयो । यदि प्रदेश सरकार र सितासँग भएको संझौता कार्यान्वयन भएको हुन्थ्यो भने यसरी कर्णालीवासीले अहिलजस्तोे प्र्रदेश ५ को नेपालगञ्जमा कहरिला दिन बिताउनु पर्ने थिएन् ।
०७५ असार १५ गते देखी सीता एयरले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट हुम्ला, जुम्ला, डोल्पा र मुगु सिता एयरको डोर्निएर २२८ को जहाजवाट नियमित उडान भर्ने सहमती पत्रमा उल्लेख थियो । जसअनुसार मुख्यमन्त्री शाहीले आफै यात्रु बनेर तामझामका साथ केही जिल्लामा शुरुवाती उडान गराए । शुरुमा निकै उत्साहित प्रदेश सरकारले सबै एयरलायन्सलाई सोही अनुसार संझौता गर्ने प्रतिवद्धता व्यक्त ग¥यो बिडम्बना सिता एयरसँगको सहमती कार्यान्वयन नभएरै थन्कियो ।
‘हेर्दा सामान्य जस्तो लाग्ने उक्त सहमती कार्यान्वयनको विषय अरुका लागि त सामान्य नै थियो ।’ हुम्ली जनएकता सेवासमाजका अध्यक्ष कलबहादुर लामा भन्छन्, ‘कर्णालीको सरकारको बोलीलाई निजि एयरलायन्सले हल्का रुपमा लिए । त्यसको प्रभाव नेपालगञ्ज भएर आफ्नो घर जाने हुम्ला, मुगु, जुम्ला र डोल्पाका यात्रुमा प¥यो ।’
वर्षको एकपटक दशैंमा घर जान लागेका उनीहरूलाई टिकट नपाएर नेपालगञ्जका होटेलहरूमा आजपनि बेखर्चि भएर बस्नु परेको छ ।
“दुई÷तीन दिनमा सिमकोट उड्ने योजनामा थोरै खर्च ल्याइयो । तर ५ दिनमा पनि उड्न नपाएपछि हामीलाई त भातखाने पैशापनि छैन ।” सर्केघाड ३ हुम्लाका मोती थापाले भने, ‘एयरलायन्सले कतिखेर टिकट विक्रि वितरण गर्छन भन्ने जानकारी पाउनै मुष्किल छ ।’
‘हवाई टिकटमा ठूलाबडाको भनसुन चल्दो रहेछ ।’ डोल्पाकी तामाङ थरकी एक विद्यार्थीले भनिन् ‘मेरा आफन्त न मन्त्री छन न त नेता नैं छन् । आफैले अनुरोध गर्ने हो त्यतिगर्दा पनि टिकट पाउने निश्चित नभए फुलपातीको दिन काठमाडौं फिर्ता हुन्छु ।’
एयरलायन्सले सर्वसाधारण र विद्यार्थीले टिकट वितरण गर्ने स्थानको समेत जानकारी नदिएको बताएका हुम्लाका विष्णु फडेराका अनुसार भोली टिकट पाइएला भन्दै पर्खेका सर्वसाधारणको बिचल्ली नै भएको छ । ‘आज त दसैंको पञ्चमी भैसक्यो । टिकट नपाएर घर फर्किने सुरसार नै छैन्,’ मुगुका धिरेन्द्र महताराल भन्छन्, ‘टिकट जति सबै फोनबाट मन्त्री, सांसद र नेताको पावरमा हाम्रै आँखा अगाडी बाँडिएको छ, हामी सर्वसाधारणलाई चाहिँ बिचल्ली पार्ने काम मात्रै भएको छ ।’
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँचमा जोडिएका छैनन् । जहाँ पुग्न हवाई यातायको कुनै विकल्प पनि छैन् । कर्णाली प्रदेशका जुम्ला र मुगुमा सडक यातायात पुगे पनि त्यति भरपर्दाे नभएकाले यो क्षेत्रका बासिन्दाले आवतजावत गर्न हवाई यातायातकै साहारा लिनुपर्ने बाध्यता छ ।
दशैँको लहर शुरु भएर आज पञ्चमी भैसक्यो फुलपाती आउँन दुई दिनमात्रै बाँकी छ । तर कर्णालीका हिमाली जिल्लाका यात्रु नेपालगञ्ज विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्जको राँझाका होटेल देखि विमानस्थल भित्र घर फर्किने यात्रुको चाप निकै धेरै छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार यात्रुको तुलनामा जहाजको उडान निकै न्यून छ । तारा एयरका नेपालगञ्ज स्टेशन इन्चार्ज दिलिप कार्कीका अनुसार तारा एयरले हरेक दिन सिमकोट, रारा, जुम्ला, डोल्पा र बाजुरा गरेर पाँचवटा उडान भर्ने गरेको छ । तर दशैको पर्सिपल्टसम्मका लागि सबै टिकट वितरण भैसकेका छन् ।
लामो समय पूर्व गएको सिता एयर र समिट एयरका एकएक विमान मंगलबार देखि नेपालगञ्ज आएका छन् । टिकट भने फोन र एसएमएसकै भरमा सिमति व्यत्तीले मात्रै पाउने गरेको भन्दै यात्रुको बिरोध छ ।
अहिले सेवा नदिने जहाजलाई सिजनमा हुम्लामा आउन नदिने
दसैँ र तिहारको अबधिमा उडान भर्न आनाकानी गर्ने एयरलाईन्सका हुम्ला उडान बन्द गर्ने हुम्लाका सरोकारवालाले चेतावनी दिएका छन् ।
राष्ट्रिय सडक सञजलमा नजोडिएको हुम्लाकोे हवाई सेवा एकमात्र विकल्प भएपनि दशैंको मुखमा निजि विमान कम्पनीहरू आफ्ना उडान पूर्व केन्द्रित गरेको भन्दैं यस्तो चेतावनी दिएका हुन् ।
‘चाडपर्वका बेला सेवा नदिने एयरलाईन्सलाई पर्यटक आउने सिजनमा उडान भर्न नदिने निर्णय गरेका छौं ।’ जिल्ला समन्वय समिति हुम्लाका प्रमूख दानबहदाुर रावतले भने, ‘पर्यटक आउने सिजनमा एउटै एयरलाईन्सले दैनिक १५÷२० वटा उडान भर्छ तर हुम्लीलाई गाह्रो पर्दा मनपरी गरेपछि बाध्य भएर यस्तो निर्णय गरेका हौं ।’
विमान कम्पनी पूर्व केन्द्रित हुँदा दशैमा घर फर्किने विद्यार्थी नेपालगञ्जमा अलपत्र परेपछि हुम्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरूको अहिले पूर्व केन्द्रित एयरलायन्सलाई रोक लगाउने निर्णय गरेका छन् ।
पर्यटक आउने सिजनमा नेपालगञ्जबाट सिमकोटका लागि दैनीक उडान भर्ने आधा दर्जन भन्दा बढी निजि विमान कम्पनी मध्ये हुम्लाका लागि अहिले तारा एयर एक्लैले दैनिक एयटा उडान भर्दै आएको छ ।
एयरलायन्सले भ्रममा पारे
नन्दसिंह बुढा
मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण
नगरिक उड्डयनको जिम्मा संघीय सरकारको हो । प्रदेश सरकारसँग कुनै अधिकार छैन् । प्रदेशले शुरुकै क्याविनेटबाट नेपाल एयरलायन्सको जहाज सुर्खेतमा राख्ने र निजि विमानलाई सुर्खेत केन्द्रित उडान नियमित गराउने निर्णय गरेका हौं । जसमा नेपाल एयरलायन्सले प्रदेशलाई टेरेन । निकै मेहनतपछि सितासँग सहमतीपत्रमा हस्ताक्षर भयो । शुरुवाती उडानपनि गरियो । बाहिर सन्देशपनि राम्रै गयो । बिडम्बना संझौता कार्यान्वयन महिना दिन टिकेन् । अहिले नेपालगञ्जमा हवाई यात्रुहरू अलपत्र परेको बारेमा म र सिंगो प्रदेशमन्त्री मण्डल समेत चिन्तीत छ, तर के गर्नुहुन्छ । हामीले भनेको कसैले टेर्नेवाला छैनन् । पर्यटन मन्त्री र राज्यमन्त्रीसँग यसका बारेमा पटकपटक कुराकानी गरेको छु । समाधान कतैबाट आएन । अब प्रदेश सरकराले ल्याएको चालु बजेटमा कर्णाली एयरलायन्स सञ्चालन गर्ने कुरा छ । आशा गरौ अर्को वर्षबाट समस्या कम होला ।