सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा टिप्परले किच्दा एक जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ ।
कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।
स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
घाइतेहरुको उपचार अहिले स्थानीय अस्पतालमा भइरहेको छ । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।
सुर्खेतमा टिप्पर ठक्करबाट सिंहको मृत्यु भएपछि चालकलाई कारवाही र पीडित क्षतिपुर्तिको माग राख्दै भएको आन्दोलन चर्को रुपमा लिएको हो ।
आन्दोलनकारीले जिल्ला उद्योग बाणिज्य संघको कार्यालय, एरिचोक र वीरेन्द्रचोकमा रहेको प्रहरी बिट अन्य ठाउँमा सरकारी धनमालको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कफ्यु आदेश जारी
कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले मृत्यु भएपछि आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कफुयु आदेश जारी गरेको छ । मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ६ः०० बजेसम्मका लागि कफ्यु आदेश जारी गरेको हो ।
सुर्खेतको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको दक्षिण क्षेत्रको पाँच मिटर भित्र कफ्र्यु आदेश जारी गरिएको छ ।