सुर्खेत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटीले जिम्मेवारी बाँडफाँड टुङ्गो लगाएको छ । नेकपाको एकता भएको लामो समयपछि नगर कमिटीले पूर्णता पाएको हो ।
नेकपा वीरेन्द्रनगर नगर कमिटीको बुधबार बसेको पूर्ण बैठकले पाँच सदस्यीय कार्यालय समितिको गठन गरेको छ । जसमा नगर अध्यक्ष गंगराम तिमिल्सेना, सचिव गणेशकुमार वली, निलकण्ठ खनाल, टोप बहादुर बस्नेत र चक्रबहादुर रावत रहेका छन् ।
यसैगरी २५ सदस्यीय सचिवाल समिति पनि गठन गरिएको नेकपाका नगर कमिटी अध्यक्ष गंगराम तिमिल्सेनाले जानकारी दिए ।
बैठकले नगरपालिकाका सबै वडाका अध्यक्ष र सचिवको पनि टुङ्गो लगाएको छ । नगरको वडा नम्बर १ मा टीका अधिकारी अध्यक्ष र जनक खड्का सचिव, २ मा धर्मराज रोकाय अध्यक्ष र हीरालाल सुनार सचिव, ३ मा सुर्य थापा (विक्रम) अध्यक्ष र आमे भारती सचिव, ४ मा वाग्मती गुरुङ अध्यक्ष र दिपे सार्की सचिव, ५ मा गणेशबहादुर शाही अध्यक्ष र लोकबहादुर शाही सचिवमा चयन भएका छन् ।
यसैगरी ६ नम्बर वडामा खडानन्द कँडेल अध्यक्ष र प्रेम रावत सदस्य, ७ मा टोपबहादुर बस्नेत अध्यक्ष, मञ्जु राना सचिव, ८ मा देवि पौडेल अध्यक्ष र खडानन्द दर्लामी सचिव, ९ मा पर्शबहादुर शाही अध्यक्ष र भीम गुरुङ सचिव, १० मा चन्द्र पुरी अध्यक्ष र निरक वली सचिव चयन भएका छन् ।
वडा नम्बर ११ मा कृष्ण तिवारी अध्यक्ष र गणेश परिवार सचिव, १२ मा शेरबहादुर सिंह अध्यक्ष र मधुरानी ढकाल सचिव, १३ मा दिनेश चपाई अध्यक्ष र मदन आचार्य सचिव , १४ मा धिरेन राम्जाली अध्यक्ष र टंकप्रसाद उपाध्याय सचिव, १५ मा श्यामलाल अचार्य अध्यक्ष र हरि चपाई सचिव र वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष र बालाराम सापकोटा सचिवमा चयन भएका छन् ।