काठमाडौँ । सरकारले छाउगोठ भत्काउने अभियानका नाउमा मानिस बस्ने घर भत्काइएको भन्दै नेकपाका सांसदले विरोध जनाएका छन् । जुम्लाबाट निर्वाचित नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा कर्णाली र सुदूरपश्चिमका नागरिकको बस्ने घर नभत्काउन आग्रह गरे ।
जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेका वेला जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधि सभामा यसको बिरोध गरेका हुन । शुक्रबार बसेको प्रतिनीधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले छाउगोठ भत्काउने नाममा जनताका घर भत्काइरहेको आरोप लगाउदै सरकारको छाउ गोठ भत्काउने अभियानको बिरोध गरे ।
बैठकमा बोल्दै सांसद महतले गृह मन्त्रालयले भ्रष्टहरूको संरक्षण गर्ने र जनताको घर भत्काउने काम गरेको आरोप लगाएका हुन् । ‘हाम्रो गाउँ घरतिर एउटा उखान छ काम नपा बुहारी कुकुरको पुछ कनाउ । अहिले गृह मन्त्रालय यस्तै छ ।,’ उनले भने, ‘छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन् ।
एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौँ मान्छेको बसमा दुर्घटना भाछ । बस भत्काउँदै, आगो लगाउँदै हिँड्ने ? यो पनि तरिका कहीं हुन्छ ?’ स्थानीय नागरिकमा यसप्रतिको धारणाका बारेमा अन्य रचनात्मक काम ल्याउन उनले आग्रह गरे ।
छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्ने काममा लाग्न सरकारलाई सांसद महतको सुझाव थियो ।
‘जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ सांसद महतले उल्लेख गर्नुभयो, ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन रु,