सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जो सुकैले हिन्दी फिल्म नायकको जस्तो गरि विकास गर्न नसक्ने बताएका छन् । कर्णाली प्रदेशसभाको दोश्रो वार्षिकोत्सवमा बौल्दै मुख्यमन्त्री शाहीले कसैले भारतीय फिल्म नायक जस्तो भएर विकास गर्न नसक्ने बताएका हुन् ।
‘अहिले केहीले आफु मुख्यमन्त्री भएको भए भारतीय नायक फिल्मको हिरो जस्तो काम काम गर्छौ भन्ने सोच्नु भएको छ ?’ उनले भने,‘मैले त्यो फिल्म हिरो जस्तो काम गर्न संम्भव कसैबाट देख्दिन् ।’ नियम कानून बनाएर मात्र बलियो हुनसक्ने र विकास गर्न सकिने भन्दै मुख्यमन्त्री शाहीले गृहमन्त्री रामबहादुर थापालाई लक्षित गर्दै भने ‘गृहमन्त्रीले पनि ठेकेदारलाई ल्याएर कोच्नुभयो । तर, उहाँ पनि नायक बन्न सक्नु भएन् ।’
मुुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताए । ‘अहिले केही मान्छेहरु आफु फेल भएकोमा पछुत्तो छैन । अर्को किन पास भयो भनेर प्रश्न गरिरहेको छ ।’ उनले भने,‘कर्णालीको यही प्रवृतिका कारणले विकास हुन नसकेको हो ।’ कसले असफल बनाउन खोजेको हो भन्ने कुरा मुख्यमन्त्री शाहीले नखुलाएरकर्णालीको विकासको सन्दर्भलाई जोडेर उनले आफूमाथि षड्यन्त्र भइरहेको संकेत गरे । ‘हाम्रो कर्णालीको एउटा संस्कार छ । दुई दाजुभाई मिल्न नसकेर छुट्टाछुट्टै बस्छन् ।
दाजुले भाइको कुरा काटेको हुन्छ । भाइले दाजुको कुरा काटेको हुन्छ ।’ उनले भने,‘यहाँ विकास गर्न खोज्यो भने खुट्टा तान्ने प्रवृति बढ्दै गएको छ । आलोचना गर्दै हिड्छौं ।’ मुख्यमन्त्री शाहीले आफूलाई असफल बनाउन विकास निर्माणका केही काम रोक्न खोजिएको तर्फ संकेत गरे । ‘कुनै ठाउँमा बत्ति बल्यो भने अँध्यारोमा बसेकाले उज्यालो पाउँछन्, त्यहाँ उज्यालो हुनु र नुहुनु मुख्यमन्त्रीको सफलता र असफलता जोडिँदैन । किन षड्यन्त्र बुन्नुप¥यो ।’ उनले भने,‘हरेक कुराको आलोचना गर्दै हिड्नेबाहेक विकास निर्माणका काम सहयोग गर्न कसैले सकेको छैन् ।’
विकास निर्माणका काममा कानूनले नै समस्या पारेको मुख्यमन्त्री शाहीले बताए । ‘निर्माण व्यवसायीहरुलाई बाटो बनाउनका लागि चिठी दिएको चार महिना भयो, अझै पनि खन्न शुरु नै गरेका छैनन्,’ उनले भने, ‘कानून हेर्ने हो भने म्याद थप्ने व्यवस्था छ, केही गरिहाल्यो भने ठेकेदार अदालत गइहाल्छन् ।’ मुख्यमन्त्री शाहीले संघीयताको परिकल्पना विकासकै लागि भएको बताउँदै प्रदेश सरकारको अहिलेको जिम्मेवारी कर्मचारी र संरचना व्यवस्थापनको भएकोले यसमा सरकार लागेको बताए । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेशसभा जनताको प्रतिनीधिमूलक संस्था भएको बताए । ‘यो प्रदेशसभाका कर्णालीका जनताको भाग्य कोर्ने स्थान हो ।’ उनले भने,‘यहाँ जनताका बिषयका सेवा, सुबिधा जनताका बिषयमा बहस गरिन्छ ।’ कर्णाली प्रदेशसभाले नियम कानुन र ऐनहरु बनाइरहेको र केही बनाउने प्रक्रियामा अगाडी बढेको कर्णाली प्रदेशसभा उपसभामुख पुष्पा घर्तीले बताइन् । ‘स्थापना भएको दुई वर्षमा ऐन, कानून, नियम र कार्यविधि बनाउन प्रदेशसभा सफल भएको छ ।’ उनले भनिन् ‘अझैँ कयौं ऐन, कानून, नियम र कार्यविधि बनाउन बाँकी छन् ।’
प्रदेशसभाको स्थापना दिवसका कर्णाली प्रदेशका सबै सांसद उपस्थित नभएकोमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आक्रोश ब्यक्त गरे । ‘स्थापना दिवसमा सासंदहरु पनि आउनु पर्ने हो ।’ उनले भने,‘यहाँ कमै सांसद मात्र आउनु भएको छ ।’
चुनौती भएको ठाउँमा संम्भावना धेरै कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशमा चुनौती धेरै भएको यहाँ सम्भावना प्रचुर रहेको बताएका छन् । कर्णाली प्रदेशसभा स्थापनाको द्रासो वार्षिकोत्सवको समारोहलाई सम्वोधन गर्दै प्रदेश प्रमुख कलौनीले कर्णालीमा चुनौतीकाबीचमा सम्भावना धेरै रहेको बताएका हुन् ।
कर्णाली मानव विकास सुचाङ्कमा पछाडि रहेको र कर्णाली प्रदेशको नाम, राजधानी तोक्न पहिलो भएको र विकास निर्माणमा काम पनि पहिलो हुनुपर्ने प्रमुख कलौनीले बताए । ‘कर्णालीमा विकास गर्न चुनौती छ । तर, जहाँ चुनौती हुन्छन् त्यहाँ विकास गर्न सम्भावना पनि रहेका हुन्छन् ।’ कर्णालीका विकास गर्न सकियो भने सिंगोमुलुकलाई धान्न सक्ने सम्पत्ति कर्णालीमा रहेको प्रदेश प्रमुख कलौनीले बताए । ‘जल, जडिबुटीको भण्डार कर्णाली प्रदेशमा रहेको छ ।’ उनले भने, ‘सबै मिलेर काम गर्ने हो भने यसैको विकासले देशलाई धान्नसक्ने क्षमता राख्छ ।’
कर्णालीमा विकटता धेरै रहेको यहाँ पर्यटनलगायतका प्रसस्त सम्भावना पनि रहेको कलौनीले बताए । प्रदेशसभाले विकास, निर्माणका क्षेत्रमा पनि पहिलो प्राथमिकता राखेर जनताका सेवामा सबैले समर्पित हुनुपर्ने प्रमुख कलकबौनीले बताए । ‘प्रदेशसभा भनेको यहाँका प्रदेशका जनताको भाग्य र भविष्यको फैसला गर्ने थलो हो ।’ उनले भने, ‘प्रदेशको विकास र समुन्नतिका लागि कर्णालीका सबैले एक हुनुपर्छ ।’