सुर्खेत । उपमेयर अप्सरादेवी न्यौपानेले आफूसँगको विवादलार्य बाहिर ल्याएपछि चन्दाननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले हरेक निर्णयमा मेयर र उपमेयरबीच ६०-४० को भागबण्डा हुने गरेको खुलासा गरेकी छन् ।
उपमेयर न्यौपानले कानूनले दिएका अधिकारसमेत आफूलाई मेयर सेजुवालले प्रयोग गर्न नदिएर हस्तक्षप गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेपछि त्यसको खण्डन गर्न बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कान्तिका सेजुवाले यस्तो खुलासा गरेकी हुन ।
‘नगरपालिकाका हरेक योजनामा ६०-४० का हिसाबले भागबण्डा गर्दा चुप लाग्ने, अहिले ऐन कानूनका कुरा ल्याएर आरोप लगाउने प्रवृतिले केही समस्या भएको छ ।’ उनले भनिन्, ‘मैले उप्रमुखको कुनै जिम्मेवारीमाथि हस्तक्षेप गरेको छैन, योजनाहरुको अनुगमन गर्नेसँगै गएका छौं, बजेट विनियोजन तथा भुक्तानी गर्दा गरिएका निर्णयमा उपमेयरका हस्ताक्षर हुँदाहुँदै अनाआवश्यक आफूमाथि आईलाग्ने काम भएको छ ।’ आफूमाथि लागेको आरोपअनुसार प्रमाण पेश नगरे मानहानीको कानूनी उपचारको खोजी गर्ने चेतावनी दिइन् ।
चरित्र हत्या गर्ने काम भयो
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले उपमेयरलगायत ६ जना वडा अध्यक्षसहितका ११ जना कार्यपालिका सदस्यले प्रमाण बिना आफ्नो चरित्र हत्या गररेको बताएकी छन् ।
बहुमत कार्यपालिका सदस्यले विभिन्न घटनाक्रमलाई जोडेर उपमेयर अप्सरादेवी न्यौपानेले मेयरबाट कानून मिचेर नगरपालिकाको अनियमितता गर्न काम भएको भन्ने आरोपको खण्डन गर्न बिहीबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर सेजुवालले यस्तो बताएकी हुन् ।
नगरपालिकाको बजेट विनियोजन, योजना अनुगमनदेखि सवारी साधन प्रयोगको सन्दर्भमा मेयर र उपमेयर दुवै जनाको संलग्नता रहेको दाबी गर्दै एकलरुपमा मात्र दोष लगाएर कोही पनि उम्किन नहुने बताएकी छन् ।
गएको आर्थिक वर्ष हुन लागेको लगानी सम्मेलन उपमेयरकै असयोगका कारणले स्थगित भएको आरोप लगाउँदै सेजुवालले २०७४/७५ का सबै योजना उपमेयरकै अनुगनमा भुक्तानी भएकोसमेत दाबी गरेकी छिन् । हरेक विकास निर्माणका क्षेत्रमा दुईजना बीच ६०-४० भागभण्डा हुँदै आएको खुलासा गरेकी सेजुवालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ अनुरुप उपप्रमुखलगायत अन्य कर्मचारीले गरेका काम कारबाही बारे जानकारी लिने, रेखदेख गर्ने अधिकार मेयरलाई भए पनि हालसम्म उपमेयर कुनै पनि कामको विवरण प्रमुख समक्ष पेस नगरेको आरोप लगाइन् ।
‘आव २०७४ देखि हालसम्म विभिन्न योजना छनौटदेखि बजेट विनियोजनमा स्वयम् उपप्रमुखको हस्ताक्षर भएको प्रमाणले देखिन्छ ।’ उनले थपिन्, ‘खाली विरोधको भावनाले न्यौपानेले शुरु गरेको राजनीतिक गलत दृष्टिकोणबाट म माथि खनियो ।’ ४२ लाखका योजना अनुगमन बिनै एकल निर्णय गरी भुक्तानी गरिएको आरोप निराधार भएको भन्दै सेजुवालले कार्यपालिका र नगरसभाबाट स्वीकृत भई प्रचलित कानून अनुरुप योजनालाई नैं नगरपालिकाले कार्यान्वयनमा ल्याएको बताइन् । ‘नगरपलिकाको सवारी प्रयोग सन्दर्भमा उपमेयर न्यौपानेले सवारी प्रयोग गर्ने लकबुकमा प्रयोजन खुलाउनुभन्दा उल्टै कर्मचारीसँग झगडा गरिन्’ उनले भनिन्, ‘तर उल्टै सवारी साधन दुरुपयोग भएको आरोप लगाउँदै हाँस्यपद कुरा हो ।’
नगरपालिकाको बाटो फराकिलो हुँदा पनि उपमेयरकै असयोगले आफूले काम गर्न नपाएको दुःखेसो पोखेकी सेजुवालले मनका कुण्ठा पोख्ने, राजनीतिक भावनाले बदला लिने, तथ्य हिन आरोप लगाएर चरित्र हत्या गरेको प्रति घोर आपत्ती जनाइन् । उपमेयरले लगाएका आरोपको खण्डन गरेकी सेजुवालले विज्ञेप्तीमार्फत आफूमाथि लगााइएका सबै आरोप निराधार र चरित्र हत्या गर्नको लागि केन्द्रित रहेको दाबी गरेकी छिन् ।