जुम्ला । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले समृद्ध कर्णालीका लागि दक्ष जनशक्तिको खाँचो रहेको बताए ।
गृह जिल्ला भ्रमणमा आएका मन्त्री भण्डारीले मंगलबार कर्णाली प्राविधिक शिक्षालयका गुनासा सम्बोधन गर्दै कर्णालीलाई अभाव दक्ष जनशक्ति शिक्षालय दिनगरी स्तरबृद्धिमा लगानी गरिने प्रतिबद्धता गरे ।
उनले शिक्षालयमा पठनपाठन देखि परिक्षा अवधिमा राजनीति हुने हल्ला बदनाम भएको भन्दै अब कुनै पाटीको राजनीति नचल्ने ठोकुवा गरे । दक्ष जनशक्ति उत्पादनको थलोमा राजनीति गर्ने आफ्नै छोराछोरी भविष्य अन्धकार बनाईरहेका छन् ।
मन्त्रीले भण्डारी अबबाट शिक्षालय राजनीतिमुक्त क्षेत्रका रुपमा विकास गरेर उच्च छवि बनाउन समेत सुझाब दिए । शिक्षालयको आन्तरिक व्यवस्थापन प्रभावकारी भएपनि बाहिरको हल्लालाई रोक्न पनि शिक्षाबाट राजनीति टाढै रहन आग्रह गरे । २०३७ सालमा स्थापना भएको शिक्षालयले अझै लक्ष्य अनुसारको जनशक्ति उत्पादन गर्न सकेको छैन् । मन्त्री भण्डारीले भने, मानव संसाधनको विकास बिना समृद्धी हासिल गर्न असम्भव छ ।
शिक्षालय प्रति कर्णाली सरकार सकारात्मक रहेकाले यहाँको पूर्वाधार व्यवस्थापन देखि दरबन्दी मिलानका कुरामा आबश्यक सहयोग गर्ने उल्लेख गरे । बजारमा बिक्ने खालेको जनशक्ति उत्पादन ध्यान दिन सुझाब दिदै, प्रमाणपत्र सिरानी राखेर डिप्रेशसनमा जाने जनशक्तिले देशको विकासलाई पछि पारेको बताए ।
स्टापनर्स, एचए लगायत ईन्टर लेभलका सबै कार्यक्रम अब कर्णाली प्राविधिक शिक्षालयलेनै संचालन गर्ने दाबी गरे । कर्णाली स्वास्थ्य विज्ञान संग छलफल गरेर, ईन्टर तहका सबै स्वाथ्यका कार्यक्रम शिक्षालयले चलाउने र प्रतिष्ठाले विशषज्ञ विषयहरुको मात्रै अध्यायन गराउने विषयमा तत्तकाल आबश्यक विषयमा छलफल गरिने समेत जानकारी दिए ।
दशकौ देखि प्राविधिक शिक्षायले समग्र कर्णाली ठुलो योग्दान दिएको स्मारण गर्दै, दक्ष जनशक्ति उत्पादन देखि पठनपाठनमा हुने राजनीतिलाई अन्त्य गर्न समेत सुझाब दिए । कर्णालीमा मदिरा नियन्त्रण देखि लागु औषध अन्त्य अभियान संचालन गरिने भएकोले कुनै दक्ष जनशक्ति त्यस्ता कुलतबाट प्रभावित नहुन भन्नका लागि पनि गुणस्तरी शिक्षामा जोड दिईने दाबी गरे । मंगलबारनै मन्त्रीले कर्णालीकै नमुना मावि अनामनगरमा निर्माणधिन प्रदेशको भवन,सिचाई कुलो तथा उर्थु पटमारा सडकको अनुगन गरेका छन् । जुम्लालाई कर्णालीको दोस्रो शहरका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले आबश्यक लगानी गर्ने मन्त्री भण्डारीले बताए ।