काठमाडौं। संखुवासभा खाँदबारी नगरपालिका-१०, चन्दनपुरका चित्रबहादुर राईलाई ५ चैत (बुधबार) बिहान झिसमिसेमा आएको फोनले स्तब्ध बनायो। लण्डनबाट भतिज विकास राईले फोनमा भने 'काका, बुबा रहनुभएन।'
चित्रबहादुर अवाक् भए। उनका दाजु ६६ वर्षीय लीलाबहादुर राईले कोरोना भाइरस संक्रमणका कारण जीवन गुमाउन पुगे। संक्रमणका कारण ४ चैत साँझ उनको बेलायतमा मृत्यु भएको थियो। पूर्वगोर्खा सैनिक लीलाबहादुर सन् २००८ देखि श्रीमती, छोरा र बुहारीसहित बेलायत बस्दै आएका थिए। सेकेण्ड गोर्खा राइफल्समा मंसीर २०२९ सालमा भर्ती भएका उनले १७ वर्ष फौजमा सेवा गरेका थिए।
आफ्ना दाजु अब यो भौतिक दुनियाँमा रहेनन् भन्ने पत्याउन चन्द्रबहादुरलाई मुस्किल पर्यो। उनका दाजु त मिर्गौला रोगलाई पनि जितेर बाँचेका थिए। कसरी पत्याउन सक्थे र रु भर्खरै नाम सुनिँदै गरेको रोगले दाजुलाई लग्यो भनेर ।
'मिर्गौलाजस्तो त्यत्रो ठूलो रोगलाई छिचोलेको मेरो दाइलाई एक्कासि देखिएको नयाँ रोगले लग्योू, चित्रबहादुरले देखापढीसँग टेलिफोनमा भने, 'लास पनि नेपालमा ल्याउँन दिँदैनन् होला। अन्तिमपटक मुख पनि हेर्न नपाइने भयो।'
गोर्खा सेनाबाट रिटायर्ड भएलगत्तै लीलाबहादुरका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए। उनका कान्छा भाइ मानबहादुर राईका अनुसार २०५० सालमा भारतमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। लीलालाई ठूली बहिनी विष्णुमाया राईले मिर्गौला दिएकी थिइन्।
'एकपटक रोग लागेपछि खानपानमा खुब ध्यान दिनुहुन्थ्यो। के गर्ने भावीले लेखेको भोग्दै जानुपर्नेू, माइली बुहारी ईन्द्रमायाले भनिन्, ूएक कल फोन आएपछि कसैसँग बोल्न पनि पाएको छैन। हे भगवान ! अरूलाई चाहिँ केही नहोस् ।' खाँदवारी नगरपालिका-१० का वडाध्यक्ष केशवकुमार थापा लीलाबहादुरको मृत्यु भएपछि घरमा समवेदना व्यक्त गर्ने र सहानुभूति दिनेको भीड लागेको बताएका छन्।
'अर्काकै देशमा गएर सेवा गरे। उतै प्राण त्याग्नुपर्योू, थापाले भने, 'हामी पनि वडा कार्यालयबाट जनप्रतिनिधिको टोली परिवारलाई भेट्न जान लागेका छौँ।' संखुवासभा साविक शीतलपाटी गाविस हाल चन्दनपुर घर भई लण्डन ह्यारो शहरमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या आएपछि नर्थवीक अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार भएसँगै घर फर्किएका उनको अवस्था अचानक बिग्रिएपछि पुनस् उपचारका लागि अस्पताल पुर्याउनासाथ ४ चैत साँझ मृत्यु भएको परिवारलाई उद्धृत गर्दै गोरखा भूतपूर्व सैनिक संघ ९गेसो० का सभापति कृष्णकुमार राईले बताए। देखापढी