काठमाडौं । चीनबाट जिटुजीमार्फत् स्वास्थ्य सामग्री ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) र चीनको वाणिज्य मन्त्रालयले संयोजन गरेर औषधिको लिस्ट आदानप्रदान भइसकेको छ।
दुई पक्षबीच भिडिओ कन्फरेन्सबाट धेरै पटक कुराकानी भइसकेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। औषधि के के ल्याउने भनेरसमेत फाइनल भइसकेको मन्त्री ज्ञवालीले बताए।'सामानहरू जम्मा गर्ने काम भइरहेको छ। चीनका विभिन्न ठाउँबाट जम्मा भएका स्वास्थ्य सामग्री ग्वाङ्जाओबाट नेपाल ल्याउँछौं,ु परराष्ट्र मन्त्री ज्ञवालीले भने, ंहामीले स्वास्थ्य सामग्रीको लिस्ट पठाउँदा प्राथमिकता र जरूरीका आधारमा पठाएका छौं। यति दिन भनेर अहिले नै भन्न सकिन्न तर भरसक चाँडो आउँछ।’
सरकारले जिटुजीमार्फत् स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी सेनालाई दिएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी परराष्ट्रमार्फत् स्वास्थ्य सामग्रीको सूची पठाएको थियो। सेनाले ल्याउने स्वास्थ्य सामग्रीको अन्तिम सूची भने सिसिएमसीले नै तयार पार्छ।
सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरमा औषधि खरिदका लागि प्रस्ताव पठाएको थियो। सैनिक स्रोतका अनुसार चीनले पठाएको औषधि मूल्यमा परिमार्जन गरेर फेरि पठाइएको छ।
ुकतिपय स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि पारिएको थियो। यसलाई हामीले मिलाएर पठाएका छौं ‘सैनिक स्रोतले भन्यो,’ चीनबाट यसको अन्तिम सूची आएसँगै औषधि ल्याउने प्रक्रिया पनि सुरू हुन्छ।’
स्रोतका अनुसार चीनसँग औषधि खरिद खोज्ने देशहरूको सूचीमा नेपाल ८१ औं नम्बरमा छ। ‘चीनले भेन्टिलेटर तत्कालै उपलब्ध गराउन नसके पनि अन्य सामग्री भने उपलब्ध गराउन सक्छु भनेको छ,ुस्रोतले भन्यो, ‘हामीलाई अहिले तत्कालका लागि चाहिएको पिपिई,मास्क र रिएजेन्ट हो। त्यो दिन सक्छु भनेको छ।’