काठमाडौँ । सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङरहावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
वैशाख १० गते
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू(भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
वैशाख ११ गते
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।