काठमाडौं। नेपालमा अहिले कारोना भाइरसका सक्रिय संक्रमित झण्डै तीन हजार रहेका छन्।
कूल संक्रमित संख्या तीन हजार ४४८ पुग्दा १३ जनाको मृत्यु भएको र बाँकी २ हजार ९६८ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनका अनुसार प्रदेश १ मा १६८, प्रदेश २ मा ९७४, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा १०८, प्रदेश ५ मा ९४४, कर्णाली प्रदेशमा ६२१ र सुदूरपश्चिममा ९६ संक्रमित आइसोलेसनमा छन्।
क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ७० हजार ७३२
डा। देवकोटाले प्रदेश १ मा चार हजार ३८०, प्रदेश २ मा २२ हजार २३२, बागमती प्रदेशमा तीन हजार १९५,गण्डकी प्रदेशमा पाँच हजार ३६३, प्रदेश ५ मा ३९ हजार ८९७, कर्णाली प्रदेशमा३२ हजार ८२ र सुदूरपश्चिममा ६३ हजार ५७५ जना क्वारेन्टाइनमा रहेको बताए।
उनका अनुसार अहिलेसम्म ९६ हजार २०५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। आरडीटी विधिबाट एक लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ७२८ र आरडीटी विधिबाट सात हजार ६१४ जनाको परीक्षण भएको छ।
अहिलेसम्म आरडीटी विधिबाट प्रदेश १ मा १३ हजार ३०१, प्रदेश २ मा नौ हजार ९३९, बागमती प्रदेशमा २६ हजार ७८६, गण्डकी प्रदेशमा नौ हजार ३५०, प्रदेश ५ मा ३१ हजार ७१६, कर्णाली प्रदेशमा २० हजार ९२६ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार ३१ जनाको परीक्षण भएको छ।