काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अहिलेसम्म नेपाल बाहेक विश्वभर एक सय सय २७ जना नेपालीको मृत्यु भएको छ ।
विदेशमा नेपालीको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको गैर आवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच हजार पाँच सय ९० जना संक्रमण मुक्त भएका छन् ।
संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी आएको संघका प्रेस संयोजक चिरन शर्माले सीआइएनसंग बताउनुभयो । संघका अनुसार यो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन ।
१३ देशमा रहेका नेपालीको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको हो । संघका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।