काठमाडौं । दक्षिणको छिमेकी मुलुकले मिचेको सिमानालाई आधिारिक रुपमा आफ्नो देशको नक्सामा समाहित गरेर संविधान संशोधन हहुने आज ऐतिहाँक दिन ।
सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज सर्वसम्मत रुपले पारित हुँदैछ ।
आजको संविधान संशोधनसँगै नेपालको संविधान र निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा समावेश हुनेछ ।
यसरी पारित हुँदैछ संविधान संशोधनको प्रस्ताव
संघीय संसदबाट लिम्पियाधुरा सहितको नयाँ निशानछाप बनाउन गरिएको संविधान संसोधन प्रस्ताव आज पारित हुने संसद सचिवालयले जनाएको छ ।
संविधान संसोधन प्रस्ताव दाफावार छलफलपछि एकमतले पारित हुने धेरै सम्भावना रहेको संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए । संसोधनको प्रस्ताव गरेपछि यो प्रस्ताव परिपक्व हुनका लागि आवश्यक पर्ने ७२ घण्टाको समयावधि हिजो (शुक्रबार) पूरा भएपछि आज छलफल गरी पारित गर्ने तयारी प्रतिनिधिसभाले गरेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यपछि प्रस्तुत विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सोही अनुसार प्रतिनिधिसभा सदस्यहरुले दफाबार छलफल गरेर संविधान संशोधनको विधेयक पारित हुनेछ ।
यसअघि संविधानको बिरोध गर्दै आएको मधेशवादी दल समाजवादी पार्टी, नेपालले पनि यो पटककाृ संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेपछि दलगत रुपमा पनि इतिहाँसमा पहिलो पटक अभूतपूर्व रुपमा एकता देखिएको छ । समाजवादी पार्टीले हिजो (शुक्रबार) नै संविधान संशोधनको पक्षमा सर्मैथन गर्ने निर्णय गरिसेको छ । पार्टीको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरको समाजवादी पार्टीका नेता असोक राइले जानकारी दिए ।
उक्त पार्टीका सांसद सरिता गिरीले संशोधन प्रस्तावको विपक्षमा उभिएपछि पदाधिकारी बैठकले आफ्नो प्रस्ताव पिर्ता लिन गिरीलाई लिखित पत्र काटिसकेको छ ।