काठमाडौं । देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइ मतले पारित भएको हो ।
आजको सदनमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफावर छलफलपछि सभामुख अग्नि साप्कोटाले संशोधन प्रस्तावलाई संविधानको अंग भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।
त्यसपछि संशोधनको पक्ष र विपक्षमा मत विभाजन प्रकिया अपनाइएको थियो । मतदान उपस्थित सदस्यहरूको संख्या २५८ रेको थियो । संविधान संशोधन दोस्रो संशोधन विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव अथवा हुन्छ भन्ने पक्षमा २५८ र प्रस्तावको विपक्षमा वा हुन्न भन्ने पक्षमा मत नपरेको सभामुख साप्कोटाले बताए ।
संविधान संशोधन दोस्रो संशोधन विधेयक २०७७ लाई पारित गरियोस भन्ने प्रस्तावको पक्षमा २५८ मत परेका र उक्त संख्या संसदको तत्काल कायम रहेको संख्याको दुई तिहाइभन्दा बढी मत भएकाले दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित भएको घोषणा सभाखुख साप्कोटाले गरेका हुन् ।
सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा. तुम्बाहाङ्फेले जेठ १८ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिएन । सर्वसाधारणको जानकारीका लागि सोही दिन नेपालपत्रमा प्रकाशन गरिएको थियो ।