काठमाडौं। नेपालका विभिन्न ४० जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६७१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ जनामा कोभिड(१९ पुष्टि भएको छ। त्यस्तै दैलेखमा ८७, डडेल्धुरामा ८४, अछाममा ४४, कैलालीमा ४२, बाजुरामा ४१ जनामा संक्रमण देखिएको छ।
झापाका २, मोरङका १, बैतडीका २५, भक्तपुरका ३, कपिलवस्तुका १७, काठमाडौंका २, नुवाकोट २, रौतहट ३४, रुपन्देही १२, सर्लाहीका २, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासी २, महोत्तरीका १, सिन्धुली १, पर्वतका ९, चितवन १, नवलपरासी पूर्व ३१, धनुषाका २९ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ।
बाग्लुङमा १, मनाङमा १, सल्यानमा ९, तनहुँमा १५, गोरखामा ११, गुल्मीमा ३, पाल्पामा ६, रोल्पामा १, बाँकेमा ३, बर्दियामा ३, दाङमा ४, सुर्खेतमा ३४, बझाङमा २, कञ्चनपुरमा २ र डोटीमा ५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आज पछिल्लो २४ घण्टामा पुष्टि भएका कोरोना संक्रमित अहिलेसम्म देखिएको सबैभन्दा धेरै संख्या हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशैभरका अस्पतालमा छ हजार ६४८ जना संक्रमित उपचाररत छन्।
कोभिड-१९ बाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। भने, एक हजार १८६ जना संक्रमित डिस्चार्ज भएका छन्। देशैभर आजसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५१८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ नमूना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट पाँच हजार ७४६ र आरडीटीबाट नौ हजार ५३२ नमूना परीक्षण भएका छन्। देशैभर क्वारेन्टाइनमा एक लाख १६ हजार २१५ जना बसेका छन्।