काठमाडौं। पछिल्लो समय देशभर ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक, सुनसरीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४, सर्लाहीका तीनजनामा संक्रमण देखिएको छ।
यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका तीन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक, बाग्लुङका १४, बैतडीका १८, गुल्मीका १८, डडेल्धुराका १२, डोटी ६१, कैलालीका एक, काठमाडौंका एकजना, नवलपरासी पूर्वका १७, नवलपरासी पश्चिमका एक, पाल्पाका एक, रापेछापका तीन, रौतहटका दुई, रूपन्देहीका एक र सर्लाहीका ६ जनानमा संक्रमण पुष्टि भएको छ।
यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका आठ, पाल्पाका १६, भक्तपुरका सात, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका चार, स्याङजाका एक, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा रौतहटका पाँचजनामा संक्रमण पुष्टि भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका दुई, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६, प्रादेशिक क्षयरोग केन्द्र प्रयोशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ११ र तनहुँका २३ जनामा संक्रमण देखिएको छ।
यसैगरी, जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका १६, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १४, बर्दियाका सात, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक, दाङका चार र प्यूठानका आठजनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४९ महिला र २८२ पुरुषमा संक्रमण देखिएको मन्त्रायका प्रवक्ता प्राध्यापक डा। गौतमले बताए।