काठमाडौं । रोजगारको सिलासिलामा खाडी मुलुकमा रहेका झण्डै १ लाख २७ हजार नागरिकले कोरोना कहरले स्देश फर्किन चाहेका छन् ।
श्रम स्वीकृति सकिएका र आममाफी पाएका एक लाख २७ हजारभन्दा बढी स्वदेश फर्किने तयारीमा रहेका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार खाडी मुलुकबाट एक लाख २७ हजारभन्दा बढी तत्काल फर्काउन पर्ने देखिएको छ ।
रोजगारीका लागि गएका करिब १३ लाख नेपाली श्रमिकमध्ये एक लाख २७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा छन् । उनले भने, सरकारले उनीहरुलाई कुनै कुनै ढंगले तत्काल स्वदेश फकौउन पहल गर्नुपर्ने छ ।
कोरोना कहरले समस्यामा परेर स्वदेह फर्कन लागेका नागरिकमध्य अष्ट्रेलियाबाट आज केीलाई उद्धार गरेर ल्याइने भएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं ल्याउन लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको जहाजले सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उडान भर्ने छ । लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहरुलाई त्यो जहाजमा ल्याइनेछ । धेरै आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया पुगेका अविभावक रहेका छन् । न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि त्यही जहाजमा नेपाल आउन तयारीमा छन् ।
मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ हजार ८७ हजार आठ सयभन्दा धेरै श्रमिक छन् । गैह्र कानूनी रुपमा विदेशिमा बसेका ७ सयभन्दा बढी नेपाली महिलाहरु स्वदेश फर्किएका छन ।