काठमाडौं । नेपालका विभिन्न जिल्लामा थपिएका कोरोना संक्रमितको संख्या गरेर कूल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिए पछि संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हरेक दिन आयोजना गर्ने पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेजानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको ज्यान गएको छ ।
आज पाल्पामा ७६, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५(२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२(१२ जना, सुनसरीका १०, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६(६ जना र दैलेखका ५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापा र महोत्तरीका ४(४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३(३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २(२ जना, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका १(१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।