काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्शमा आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यलाई बोलाइएको थियो ।
ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र माधव कुमार नेपाल निकट केही मन्त्रीसँग पनि छलफल गरेका छन् । प्रचण्ड निकट गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्ट तथा नेपाल निकट पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालसँग पनि ओलीले परामर्श गरेका छन् ।
पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान।।।परामर्शका क्रममा आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पूरागर्दै पार्टीलाई थप नयाँ जगमा सुदृढ र एकतावद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरेर हार्दिक र कमरेड्ली भावनाको विकास गर्न सुझाव दिइएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।
छलफलमा सहभागी अर्का एक मन्त्रीले कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका थिए । मंगलबारको स्थायी कमिटी बैठकअघि र बैठक चल्दै गर्दा राष्ट्रपतिलाई भेटेका प्रधानमन्त्री ओलीले संकटकाल लगाउने र पार्टी विभाजन सम्बन्धि अध्यादेश फेरि ल्याउन सक्ने एक सचिवालय सदस्यले बताएका छन् ।
प्रचण्ड र नेपाल पक्षधर नेताहरुले भने आजको बैठकमा ओली र उनी निकटका नेताहरुको प्रस्तुतीका आधारमा धेरै कुरा निर्भर हुने बताएका छन् ।
स्थायी समितिको मंगलबार बसेको बैठकमा बोल्ने १७ जनाले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।