काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकले १५ बुधें प्रस्ताव पारित गरेको छ ।
असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साढे दुई महिनापछि आज सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकिकरणको दुई वर्ष बितिसक्दा पनि टुङ्गोमा पुग्न नसकेको एकता प्रकृयाले अब छिट्टै पूर्णता पाउने सम्भावना बढेको छ।
यसअघि नेकपाको सुझाव कार्यदलले दिएको सुझावअनुसार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड०ले १५ बुँदै प्रस्ताव तयार गरी आजको बैठकमा पेश गरेका थिए। सोही प्रस्तावमा १३ जना स्थायी कमिटीका सदस्यहरुले व्यक्त गरेको सुझावलाई पनि समेट्ने निर्णयसहित पास भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'आजको बैठकमा यसअघिको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका कार्यसूचीलाई सम्बोधन गर्ने गरी दुई जना अध्यक्षले निर्णयका लागि प्रस्ताव गर्नु भएको १५ बुँदै प्रस्ताव पास गर्दै बैठक सम्पन्न भएको छ,' उनले भने, 'आजको बैठकका क्रममा १३ जना स्थायी कमिटी सदस्यले राखेका विचार तथा सुझावलाई पनि समावेश गर्ने निर्णयसमेत भएको छ।'
यसअघि बुधबार दुई अध्यक्षबीच भएको छलफलबाट तयार गरिएको १५ बुँदै प्रस्ताव अध्ययनका लागि सबै स्थायी कमिटी सदस्यलाई पठाइएको थियो। त्यस क्रममा लिखित तथा बैठकमा क्रममा पनि विचारमा अन्तर्निहीत भएर सुझाव आएका थिए। र, ती सुझावलाई पनि समावेश गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।
आज बैठकको क्रममा स्थायी कमिटी सदस्यहरु; रघुजी पन्त, लिलामणी पोखरेल, भीम आचार्य, माधव नेपाल, अस्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, धनश्याम भूसाल, मातृका यादव, भीम रावल, अमृत बोहोरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले विचार व्यक्त गरेका थिए।
यसरी सदस्यहरुले राखेको विचारमाथि प्रचण्डले ती सुझावमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए।
आज पारित भएको प्रस्तावअनुसार केपी ओलीले सरकारमा केन्द्रीत रहेर अगाडि बढ्ने तथा प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीगत कार्यको नेतृत्व गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रस्तावको पूर्णपाठ