सिमकोट । सिमकोट गउँपालिका भित्रका वडाकार्यालय र गाउँपालिकामा भएको कुनै पनि योजना तर्जुमा छनौट भएको विषयमा जानकारी नदिने गरेका युवाहरुले गुनसो गरेका छन् । विहिबार बास नेपालको आयोजना र सिमकोट गाउँपालिकाको समन्वयमा सञ्चालन भएको अन्तरक्रिया कार्याक्रममा सिमकोट गाउँपालिकाका यूवाहरु आफुहरुले गाउँपालिकाबाट विनियोजित हुने कुनै पनि योजनाबाट व्यखवर रहेको बताउँछन् ।
गाउँपालिका मार्फत वडा कार्यालय र गाउँपालिकाबाट सिधै यवा र बालबालिकाहरुका लागि जाने कुनै पनि छनौट भएका योजनाको विषयमा आफुहरुलाई जानकारी नहुने गरेको वाड नम्वर ५ का युवा अनिल रोकायाले गुनासो गरे । उनले युवाहरुले गरेको लगानी प्रति गाउँपालिकाको कुनै पनि सकारात्मक भूमिका नरहेको दावी गरेको थिए । गाउँपालिकाबाट बालबालिका र युवा क्षेक्षमा छुट्याएको रकम समेत कता गयो त्यसको अत्तोपत्तो नभएको गुनासो स्थानीय युवा रोकायाले गरेका हुन् ।
त्यस्तै सिमकोट गाउँपालिकाले बाल संरक्षण सम्वन्धि कुनै पनि कार्य योजना तयार नगरेको, बालबालिकाको हक अधिकार विरुद्धको ऐन नियमावली नबनाएको, गाउँपालिकाका बालबालिकाहरु बलश्रममा परेको, गाउँपालिकाले बालबालिकाका विषयमा कुनै पनि चासो नदिएको र उनिहरुको संरक्षणका विषयमा सामान्य कदम समेत नचालेको मानसरोवर मावि कक्षा १२ मा अध्यानरत छात्र सरेन्द्र शाहीले आरोप लगाएका थिए ।
स्थानीय युवा र बालबालिकाले आरोप लगाए पनि गाउँपालिकाले बालबालिकाको गुणस्तरीय शिक्षा बनाउनका लागि १७ वटा शिक्षकहरुलाई अनुदानको रकमबाट सोही बालबालिकाकै लागि लगानी गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले दावी गरिन् । उनले पछिल्लो समय आफु जनप्रतिनिधि भईसकेपछि गाउँपालिका भित्र रहेका छात्राबास र विभिन्न विद्यालयको अवस्थालाई स्तर उन्नती गर्ने तर्फ लागि परेको बताउनु भयो ।
त्यस्तै उहाँले सदरमुकाम सिमकोटका होटेलहरुमा काम गर्दै आएका बालबालिका सिमकोटका नभएर अन्य गाउँपालिकाका बालबालिका रहेका छन । त्यसको जोखिम न्युनिकरणका लागि पहिलेत स्वयंम गाउँपालिका जवावदेहिता हुनु पर्ने प्रतिक्रिया दिनु भयो । हुम्लामा जति बाल विवाह हुन्छन ति सबै गरिवीले नभएर रहरले भएको उनको भनाई छ ।
बालश्रम अन्त्य गर्न र बालबालिका जोखिमबाट न्युनिकरण कसरी गर्ने लगायतका विषयमा सिमकोट गाउँपालिका वडा नम्वर १ देखि ८ सम्मका वडाअध्यक्षहरुले आ आफ्नो तर्फबाट सुझाव राखेको थिए । स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण सहभागिको तर्फबाट पाँचबुदे प्रतिवद्धता घोषणा पत्र समेत तयार परिएको थियो ।