सिमकोट । लगातारको वर्षसंगैको पहिरोले सर्केगाड गांउपालिका–२ को किप र वडा नम्बर ८ को राहदेव गाउककनै जोखिममा परेको छ ।
तीन हप्तादेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगड गाउँपालिका–२ को रिप गाउँ उच्चजोखिममा रहेको छ । अविरल वर्षाका कारण साउन १२ गते राती रिप गाउँ वरिपरी ठूलो बाढी पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेकोस्थानीय भक्ति फडेराले बताउनु भएको छ ।
तीन हप्तादेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिप गाउँ उच्चजोखिममा रहेको छ । अविरल वर्षाका कारण साउन १२ गते राती रिप गाउँ वरिपरी ठूलो बाढी पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेकोस्थानीय भक्ति फडेराले बताउनु भएको छ ।
रातीदेखि बाढी पहिरो आउन थालेपछि गाउँका नागरिक बिचको टाप्पुमा रहेको र वरिपरी हिलाम्मे पहिरो बगिरहेको स्थानीय फडेरालेबताउनु भएको हो । उहाँका अनुसार ''हालसम्म हामीहरु बिचको टाप्पुबाट वारपार गर्ने कुनै स्थान छैन ढिलो भए उक्त गाउँमा रहेको पाँचसय भन्दा बढी नागरिक पहिरोमा विलयन हुने गुनासो गर्नु भएको छ । गाउँको विधुत, खानेपानीको मुहान र लगाएको बाली समेत बगाएरलगिसक्यो अब बाँकी एउटा गाउँ र हामी मात्रै छौं, कतिखेर बगाउने हो पत्तो नै छैन ।''
दुई दिनदेखि घरभित्र नबसेर भोकभोकै बाहिर खुला ठाउँमा बसेका छौँ । सरोकारवाला निकायसँग उद्धारको अनुरोध गरेका छौँ तरपनिउद्धार हुन सकेको छैन अर्का स्थानीय दलजित कार्कीले गुनासो गर्नु भएको छ । सिंगो गाउँनै जोखिममा रहेको साेही गाउँपालिकाका २नम्बर वडा अध्यक्ष सिद्ध कार्कीले बताउनु भएको छ ।
पहिरोले ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा क्षति पुर्याएको छ । रिपगाडको खोलाको पुल, रिपगाड़ खोला जलविद्युत, लिप्नेखोला पुल पुर्णरुपमा क्षति भइ आवातजावतमा समस्या आएको भएको छ । यस्तै गरी खानेपानी, सञ्चार, शिक्षामा पूर्ण अवरोध सृजनाभइ जनजीवन समेत प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए ।
मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए । सर्केदेउगाउँका दलबहादुर रोकायको घर भत्किएको छ ।
रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका थिए । सो गाउँका करिब २५ जनालाई घर खालि गराएरसुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।
जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन् । सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएकोछ । त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन ।
शुक्रबार नै बाढी पहिरोले क्षति पुर्याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सो स्थानतर्फ पठाइएकोथियो । तर बाटो भत्किएकाले सो टोली अगाडि बढ्न सकेको थिएन ।
त्यसपछि आज फेरि अर्को टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता मल्लले जानकारीदिए ।
स्थानीयले पहिरोबाट पुर्याएको क्षतिको अनुगमन गरी राहत तथा पीडितलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल समक्षसाउन १३ गते नै ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जोखिम रहेको जानकारी पाएपछि साउन १३ गते दिउसो सदरमुकाम सिमकोटबाट इन्स्पेक्टर राजनप्रसाद भट्टराईको नेतृवमा ५५ जनाको सुरक्षाकर्मीको टोली बाढीपहिरो क्षेत्रतर्फ प्रस्थान गरेको बताउनु भएको छ ।
उक्त स्थानमा पुग्न १४ घण्टा लाग्ने गर्दछ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सहितको टोली आउने भने पनिहालसम्म नआएपछि सहायक जिल्ला अधिकारी अमृत प्रसाद सुबेदी नेतृत्वको टोली सिमकोटबाट हेलिकप्टरमा सोही दिन साँझ ५ बजेउक्त क्षेत्रतिर प्रस्थानन गरेको छ ।
सुरक्षाकर्मी बाटोमै रोकिएपछि हवाई अनुगमन
जिल्लाको रादेउ, उनापानी ग्युसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोबाट भएको क्षति अनुगमन तथा उद्धारका लागि गएकोसुरक्षाकर्मीको टोली बीच बाटोमै रोकिएको छ । शनिबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट हिँडेका प्रहरी निरीक्षक राजन भट्टराईनेतृत्वको ७० जना सुरक्षाकर्मीको टोली खार्पुनाथ-१ को चिसामुलमा पहिरो जाँदा सुनाखाडामै रोकिएको हो ।
अनुगमन तथा उद्धार टोली सर्केगाड नपुग्दै बाटोमा पहिरो आउँदो खार्पुनाथको सुनखाडामा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताप्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए ।
स्थलमार्गबाट गएको टोली बाटोमै रोकिएपछि बाढी पहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा हेलिकप्टरमा गई स्थलगतअनुगमन गरिएको छ । सेनानी खड्का, सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावत, सशस्त्र प्रहरीका डिएसपीकुन्जनप्रताप मल्लसहित ४ जनाले माउन्टेन एयरको हेलिकप्टरबाट बाढी पहिरो प्रभावित क्षेत्र रिप र उनापानीमा अनुगमन गरेका थिए ।
शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानवीय क्षति नभए पनि पुल–पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी, सिँचाइ, घट्ट र अन्नबालीमा ठूलो क्षति भएको पत्रकार महसंघ हुम्लाका अध्यक्ष राजन रावतले बताएका छन् । उनका अनुसार खोलामाआएको बाढीले विभिन्न पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्नसमेत समस्या भएको छ ।
पहिरोबाट भएको क्षतिको विवरण सर्केगाड प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरीले संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयकाप्रवक्ता प्रहरी निरीक्षक दिपक मल्लले बताए ।
एक हप्तादेखि निरन्तरको वर्षाले बाढी पहिरो जाँदा कालिकोट, बाजुरा र हुम्लाका ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । कतैनदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुंगा खस्ने, बाढीले डाइभर्सन, बेलिब्रेज बगाउनेलगायतका समस्याकाकारण अहिले कर्णाली करिडोरको कालीकोट-हुम्ला खण्डमा विभिन्न सडकहरु अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकाकी दिएको छ ।