काठमाडौं । दसैँको टिकाको दिन सार्वजनिक यातायात नपाएर हैरान भइरहेका सर्वसाधारणलाई सशस्त्र प्रहरीले खुसीको खबर दिएको छ।
काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। यो अभ्यास विगतका वर्षहरूमा पनि थियो।
उपत्यकाभित्र एउटा बस कलङ्की र बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गरेर यात्रुलाई सेवा दिने गरी व्यवस्था गरिएको बताइएको छ।
सशस्त्र प्रहरीले गरेको व्यवस्थाको प्रचारमा प्रधानमन्त्री कार्यालय नै उत्रेको छ।
प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा अवस्था र आवश्यकता हेरेर थप एक दिन यो बस सेवा थप्ने तयारी सशस्त्र प्रहरी बल, नेपालले गरेको उल्लेख छ।
बडा दसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको छ।
रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर २; यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर ३; यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनस् नक्सालमा फर्किनेछ।
निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
निःशुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज ४ बजेबाट तीनवटै रूटमा सञ्चालन हुनेछ। यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट उक्त रूटहरूमा सञ्चालन हुनेछ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३ २१:२८