सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन शान्ती सुरक्षा फितलो हुँदै गएको छ । पछिल्लो समय सिमकोट बजारमा रातिको समयमा मदिरा र लागु पदार्थ सेवन गरी झै झगडा गर्नेको संख्यामा वृद्धि भएको हो ।
दैनिकदिन सदरमुकाम सिमकोटका विभिन्न चोकचोकमा रातीको ९ वजेदेखि २ वजेसम्म लागु पदार्थ र मदिरा सेवन गरी समुदायलाई नै नकारात्मक प्रभाव पर्ने गरी झडव हुँदा पनि सुरक्षाकर्मी बजार गस्तीमा सुन्य अवस्थामा रहेको पाएको छ ।
उक्त पदार्थ सेवान गरेका व्यक्तिहरुले गर्दा बजारबाट आफ्नो कोठोमा जाने सर्वसाधरण, महिलाहरुलाई नकारात्मक प्रभाव पर्ने गरि अस्लिल शव्द बोल्ने, कुटपीट गर्न खोज्ने जस्ता क्रियाकलाप हुँदा पनि शान्ती सुरक्षा, अमन चयन निकै फितलो हुने गरेको जनगुनासो आएको छ ।
पछिल्लो केही समय यता बजारमा दैनिक दिन झडप हुदै आएको तर प्रहरी प्रशासन भने मौन अवस्था र बजार डिउटीमा समेत खटिए नखटिएको देखिदैन । जसका कारण स्थानीय नागरिकहरुले स्वतन्त्र रुपमा आवतजावत गर्न नसकेको महसुस गरेका छन् ।
विभिन्न लागु पदार्थ सेवान गरेका व्यक्तिहरुद्धारा ढुङ्गा प्रहार गर्दा व्यवसायीका पसलहरु तोडफोड तथा चोरी हुने, सर्वसाधरणलाई कुटपिटका साथै धम्कीपुर्ण भाषा बोल्ने लगायतका समस्या उत्पन्न नहोला भन्न नसकिने स्थानीयको जनगुनासो आईरहेको छ ।
आगामी भदौ १४ गतेदेखि सिमकोटमा करीव पाँचदिनसम्म जनैपुर्णिमा अर्थात साउने पुर्णिमा पर्व सुरु हुने भएपछि सो पर्वका लागि गाउँबाट सदरमुकाम सिमकोट आउनेको पनि दैनिक दिन लस्कर लाग्न थालेको छ । त्यसैले बजारमा विभन्न समस्या उत्पन्न हुन सक्छ सुरक्षा पहुँज बढाउनु पर्ने आवश्यक्ता रहेको स्थानीयको भनाई छ । त्यसलाई मध्य नजर राख्दै सुरक्षा पहँुजमा कडाई गर्नु पर्ने धेरै जना बौद्धिक वर्गहरुले सुझाव समेत दिएका छन् ।
केही दिनदेखि यता रातीको समयमा बाटोमा मदिरा तथा अन्य लागु औषध सेवन गरेका व्यक्तिहरुले हल्ला गरि रहेको र उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिनु पर्ने उद्योग बाणिज्यसंघ हुम्लाका उपाध्यक्ष छक्क बहादुर रोकायाले बताए । उनले जिल्लामा विभिन्न पर्व आउदै छन् त्यस भन्दा अघि नै कुनै पनि नकारात्मक गतिविध हुन नदिने उदेश्यका साथ प्रहरी प्रशासनले सावधानी अपनाउनका लागि राती ९ वजे भन्दा पछि कुनै पनि लागुपदार्थ सेवान गरेका व्यक्तिले हल्ल गरेमा कार्वाही गर्नु पर्ने बताए । त्यसैले शान्ती सुरक्षा कडाई गरिनु पर्ने उपाध्यक्ष रोकायाले बताए ।
स्थानीयको जनगुनासो अनुसार अवदेखि बजारमा थप सुरक्षा पहुँज के हुन सक्छत भन्दै प्रहरी निरिक्षक राजन प्रसाद भट्टराईलाई बुझ्दा उनले रातीको १० वजेदेखि मदिरा तथा लागु पर्दाथ सेवन गरि बजारमा होहल्ला झै झगडा गरेको पाइएमा कानुनी प्रक्रिया अनुसार कार्वाही गरिने जानकारी दिए ।
विभिन्न चाडपर्व नजिएकाले जिल्ला सुरक्षा निकायको बैठक बसी जिल्लामा १० बजे भन्दा पछि होटेलहरु समेत खोल्न नमिल्ने निर्णय गर्ने बताए । त्यस्तै विभिन्न चाडपर्वहरु सुरु हुने भएकाले सुरक्षा योजना बनाई कडा गरिने प्रहरी निरिक्षक भिमलाल भट्टराईले बताए ।