सुर्खेत । बिहान ८ बजे शुरु हुने नेकपा (एमाले) कर्णाली प्रदेशको वेलुका ५ बज्दापनि शुरु नभएपछि जिल्लाबाट आएका प्रतिनिधिआत्तिएका छन् ।
नयां नेतृत्वको समति जुटाउन बिहानदेखि एक पक्षिय र बहुपक्षिय छलफल नटुंगिएपछि मनोरन्जन गकिरहेका प्रतिनिधिले गीतबाटनेताहरुलाई बन्द शत्र शुरु गर्न आग्रह गकेका छन् ।
मनोरन्जनका क्रममा देउडा गीत प्रस्तुत गर्दै जुम्लाकी प्रतिनिधि सत्य बुढाले भन्नुभयो
जुट है अब त, हाम्रा पैशा सकिगया
दर्शन हैं सवत, नमस्कार छ तमकेडतन ।
हाड माशु गलियो, जुट्टाईनौ कि भनिकन
ठूलो रुख ढलिगो, सुर्यले डढाईलो क्यारम ।
हरेला उछिना, उहि जुटिना, उहि छुटिना
केहि भयानन् काम, भाषण मात्रै सिमित भया ।
कर्णालीका दशवटैं जिल्लाबाट आएका प्रतिनिधिहरुले प्रचिनिधिलाई अलमलमा पारेर आफू यहमतीका नाममा बस्ने नेताहरुको कामराम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
८ बजे शुरु हुने भनिएको बन्दशत्र ९ घण्टासम्म शुरु नहुंदा आफ्नो खर्च सतिएको भन्दै छिटो गर्न प्रतिनिधिहरुले नेताहरुलाई आग्रहगरेका छन् ।
‘नेताहरु आफू कता लुक्या हामीकन हलभित्त बस भन्या’ कालिकोटबाट आएकी प्रचिनिधि डल्ली शाहीले भनिन्, ‘ दुइ दिनका लागिल्याएको खर्च सकिन थाल्दा पनि कार्यक्रम लम्ब्याउने कामले प्रतिनिधिको हितमा हुन्न ।
फर्के महासचिव
कर्णाली प्रदेश अधिवेशनबाट सहमतिय नेतृत्व छनोटता लागि सुर्खेतमा रहनि भएका पार्टी महासचिव शंकर पोखरेल काठमाडौंफक्किनु भएको छ । आज बिहानैदेखि सिद्दार्थ होटेलमा एकल र सामुहिक छलफल गर्दापनि आकांक्षीका बीच सहमती नभएपछिमहासचिव पोखरेल फर्कनु भएको एमाले स्रोतले जनाएको छ ।
नयां नेतृत्वका लागि पार्टी स्थायी कमिटि सदस्यद्धय कँडेल र बोगटीले समुहले छुट्टाछुट्टै यमुह निर्माण गरिरहेका छन् । स्थायी कमिटिसदस्य कँडेल निटक नेताका अनुसार अध्यक्षमा पोलिव्युरो सदस्य गुलावजंग शाह (सल्यान), उपाध्यक्षमा टेकराज पछाई (जुम्ला), सचिवमा र्धु शाही (सुर्खेत) दुई उपसचिवमा रविन्द्रराज शर्मा (दैलेख) र जितबहादुर मल्ल (मुगु) नै हुने लगभग पक्का जस्तै छ ।यद्यपी उक्त टिमले अन्तिम लिस्ट भने सार्वजनिक गरेको छैन् ।
अर्का स्थायी कमिटि सदस्य बोगटी समर्थक एक जना प्रदेश कमिटि सदस्यका अनुसार अध्यक्षमा मिनबहादुर शाही (कालिकोट) उपाध्यक्षमा लालबहादुर महतारा (जाजरकोट), सचिवमा डण्डीप्रसाद शर्मा (सुर्खेत), उपसचिवमा रुद्र शाही (दैलेख) नाम टुंगिएपनिअर्को नाममा सहमती भएको छैन् । शुरुमा पद्मा खड्काको नाम ल्याएपछि मतदातालाई आकर्षित गर्न पदाधिकारी एकै जिल्लादोहोर्याउन नहुने सुझाव गुटका नेताहरुबाट आएपछि अर्को कसलाई उठाउने भन्नेमा सल्लाह भैरहेको छ ।