सिमकोट । सिमकोटदेखि लाक्नासम्मको सडकको स्तर उन्नतिका लागि हिल्सा सिमकोट सडक अयोजना कार्यालयले जिम्मा लिएको एक वर्ष भन्दा बढि भयो । तर हिल्सा सिमकोट सडक आयोजनाले कानमा तेल हाले जस्तै गरि बस्यो । त्यसको परिणाम असोज २१ गते मात्रै देखियो ।
गत वर्ष यहि समयमा नि बर्तमान प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले सदरमुकाम सिमकोटको मानसरोवर माध्यामिक विद्यालयदेखि लाक्नासम्मको सडक स्तर उन्नतीका लागि हिल्सा सिमकोट सडक आयोजनालाई जिम्मा दिएको थियो ।
उक्त कार्यलयले एक वर्ष वितिसक्दा समेत सुनुवाई गरेन । सो मानसरोवर विद्यालयदेखि लाक्नासम्मको सडक निकै जोखिमका साथ यातायातका साधनले आवत जावत गर्दै आएको छन् । जिम्मा लिएको सडक स्तर उन्नती नहँुदा यहि असोज २१ गते मात्रै सदरमुकाम सिमकोटदेखि ठेहेका लागि जाँदै गरेको गाडी दुर्घटनामा परि सिमकोट गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष देवजन बोहरा र वाड नम्वर ३ का वडाध्यक्ष पामा लामा सहित ९ जना घाइते भए ।
सडक स्तरउन्नती नभएकै कारण गाडि दर्घटना भएको स्थानीयले आरोप लगाएका छन् । सो गाडी दर्घटना भएपछि मात्रै असोज २३ गतेदेखि हिल्सा सिमकोट सडक आयोजना कार्यालयले उक्त सडक निर्माणमा जुटेको छ ।
गाडि दुर्घटना भएको स्थानबाट करीव ३० मिटर सडकको स्तरउन्नती गरेको छ । नेपालबोट अनलाइनले गरेको रिपोटिङका क्रममा हाल स्तर उन्नती गरेको ३० मिटरको सडक ४ मिटर समेत चौडा नभएको देखिएको छ ।
मुख्य सडकका रुपमा रहेको उक्त सडकको चौडाई कम्तीमा पनि ५ मिटर हुनु पथ्र्यो त्यो पनि पुरा नभएको र आँखा छल्ने कार्य भएको पाइएको छ । गाडि दर्घटनापछि मात्रै सो कार्यालयको ध्यानार्कषण भएपछि उक्त सडकको स्तर उन्नती भएको पाइएको छ ।
करीव एक वर्ष भन्दा बढि ढिलाई भईसकेको निर्णयको कार्यन्वयन नगरी हाल आएर बाटो स्तरउन्नती किन भन्दा हिल्सा सिमकोट सडक आयोजना कार्यालयका प्रमुख विरन्द्र चन्दले अझैँ छिटो भएको दावि गरे ।
उनले गत वर्ष त्यो निर्णयमा आफु नभएको प्रतिक्रिया दिंदै पटक पटक सो सडक स्तरउन्नती गर्न खोजे पनि स्थानीयले नमानेपछि उक्त कार्य रोकिएको बताए ।
उनका अनुसार सडक चौडाई गरेर गाडि दुर्घटना नहोस भन्ने उदेश्यले उक्त बाटोको लेवल मिलाउन मात्रै खोजेको हो । तर त्यही पनि स्थानीयले विरोध जनाएको प्रमुख चन्दको भनाई छ ।