सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यामिक विद्यालय डाँडाफयामा बालमैत्री खाने पानीका धारा निर्माण गरिएको छ । गुडनेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत विकास केन्द्र (एसआईडिसी) द्धारा सञ्चालित स्वास्थ्य कार्यक्रम अन्तरगतको ४ लाख ४६ हजार ६ सय ६६ रुपियाँ लागतमा उक्त बालमैत्री खाने पानीका धारा निर्माण गरिएको हो ।
विद्यालयमा खाने पानीको समस्या भएपछि गैर सरकारी संस्था गुडनेवर्स ईन्टरनेशनल नेपाल र एसआइडिसीले बालमैत्री धारा निर्माणका लागि उक्त विद्यालयलाई सहयोग गरेको हो । धारा निर्माण कार्य सम्पन्नपछि शुक्रबार एक कार्यक्रमका विच उक्त संस्थाले बालमैत्री धाराको उद्घाटनसंगै सोही विद्यालयका प्रधानाध्यापक मेज बहादुर बुढालाई प्रमाणपत्र सहित धारा हस्तान्त्रण गरिएको छ ।
गत ०८० जेठ २० गतेदेखि निर्माण कार्य सुरु गरि असार १८ गते सम्पन्न पाँचवटा बालमैत्री धारा हस्तान्त्रण गरिएको गुडनेवर्स ईन्टरनेशनल नेपालका परियोजना संयोजक नारायण प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार विद्यालयका विद्यार्थी र शिक्षकहरुका लागि खाने पानीको व्यवस्थापन भएको छ ।
संयोजक चौधरीले कैलाश माविले जिम्मा दिएको काम अत्यान्तै छिटो छरितो गर्नुका साथै बालमैत्री धारा निर्माण भएकाले दिगो गर्नका लागि विद्यालयले संरक्षण र व्यवस्थापन तर्फ लाग्न आवश्यक रहेको बताए । त्यसै गरि कार्यक्रममा बोल्दै सोही विद्यालयका प्रधानाध्यापक मेज बहादुर बुढाले कुनै पनि सरकारी तथा गैर सरकारी कार्यालयले दिएको काम तत्काल निर्माण गरि सम्पन्न गर्ने आफ्नो मुख्य धारण रहेको बताए ।
उनले उक्त काम पुरा गर्नुमा आगामी दिनहरुमा विद्यालयका लागि संघसंस्थाहरुको सकारात्मक भूमिका र सहयोगको अपेक्षा गरिएको बताएका थिए । आफुले जैहिले पनि दवाभ, अभाव र प्रभावका बाबाजुतमा विद्यालय व्यवस्थापन गरि रहेको प्रअ बुढाको भनाई छ । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भने विद्यालयमा अनेकौं समस्या हुँदा पनि त्यसलाई मुख्य अभिलेखका रुपमा काम गरि रहेको छु ।
कार्यक्रमका अध्यक्ष समेत रहेका वडा सदस्य अंग बहादुर शाहिले बालमैत्रि धारा निर्माण प्रती आफु अत्यान्तै खुसि हुनुका साथै आगामी दिनहरुमा संस्था प्रती आशा अपेक्षा गरिएको बताए । धारा निर्माणपछि उक्त विद्यालयका २ सय ६७ विद्यार्थी र १८ जना शिक्षक शिक्षिकाहरु खनेपानीबाट लाभान्वित भएका छन् ।