सिमकोट । जिल्लामा अत्याधिक जाडो बढेसँगै पानीका मुहान सुक्नुका साथै पानी सप्लाई गरिएका पानीका पाइपमै पानी जाम हुन थालेको छ ।
पानीको मुल ट्याङ्कीबाट ग्रहाकले धाराका लागी पानी सप्लाइ गरे पनि पाइपमै पानी जाम्दा धारासम्म आइ नपुगेको खानेपानी उपभोक्ता समितिका ग्राहक धनदेवी शाहीले बताउनु भएको छ ।
सिमकोट गाउँपालिका बजार बासीलाइ सिमकोट खानेपानी उपभोक्ता समितिले पानी उपलब्ध गराउदै आएको छ । खानेपानीको मुल ट्याङ्कीबाट सप्लाइ भएको पानी ग्रहाकले आफ्नो पानीको पाइप पहिचान गरी मर्मत नगर्दा पानी खेर गएको पाइएको छ ।
यसले गर्दा सिमकोट उपभोक्ता समितिले वितरण गरेका सम्पुर्ण खानेपानीका ग्रहाकका धारासम्म पानी पुर्याउन समस्या भएको सोही उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।
बजारको काली चोक देखि लादेबाडा सम्मको मुख्य बाटोमा रहेका पाइपहरु फुटी पानी जथाभावी खेर गएकोले सोही क्षेत्रका ग्राहले आफ्नो पाइप पहिचान गरी मर्मत नगरेमा पानी चुहिएको पाइपको लाइने काटिने सिमकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई रहेको छ ।
कालिचोकदेखि टेलिकम हुदै लादेवाडा, तिन धारादेखि सनभ्यालि होटेलसम्म कैलास बोडिङ स्कुलदेखि काठेचुलीसम्म शाखा लाइन विस्तार गरेका रोडमा परेका आ आफ्ना पाइपको पहिचान गरी अवको ३ दिन भित्र आफ्ना धाराको पाइप आफै मर्मत गर्ने सिमकोट खानेपानी उपभोक्ता समितिले जानकारी गराएको छ ।
सो जानकारीको वेवास्ता गरी मर्मत नगरिएको खण्डमा पाइपबाट चुहिएको पानी बाटो मै बरफ बनी बाटो हिड्ने बुटुवा सँगै पशु चौपाएलाई आवत जावतमा समस्या हुने गरेकाले अवको तिन दिन भित्र मर्मत नगरे ति पाइप लाइने काटिने अध्यक्ष भण्डारीले चेतावनी दिए ।