सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नो पत्रको मितिमा नेपाल संवद राख्न सुरु गरेको छ ।
नेपाल सरकारको मिति २०८० साल कार्तिक २७ गते बसेको मन्त्रि परिषदको बैठकको निर्णय र प्रहरी प्राधान कार्यालय नक्सालको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्लामा सुरुवात गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार देशभरका सरकारी कार्यालयमा राख्न सबै कार्यालयलाई परिपत्र गरिसकेको भएपनि हुम्लामा जिल्ला प्रहररी कार्यालयले यसको सुरुवात गरेको छ । जिल्लामा भएका अन्य सरकारी कार्यालयले मितिको तल्लो भागामा नेपाल संवद नराखेको भएपनि सोही कार्यालयले माग ९ गतेदेखि नेपाल संवद राख्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रबत्ता प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।
चन्दका अनुसार जिल्ला प्रहरीबाट हुने कैनैपनि पत्रमा मितिसँगै नेपाल संवद राख्ने गरिएको छ । हाल नेपाल संवद ११ सया ४४ भएको समयमा सरकारको .मन्त्रिपरिषदको निर्णय र प्रहरी प्रधान कार्यालयको परिपत्र अनुसार राख्न सुरु गरिएकोे हो ।
जिल्लामा भएका अन्य सरकारी कार्यालयले सोही निर्णयको पालना नगरेको भएपनि जिल्ला प्रहरी कार्याएलयले ५ दिन अघिबाट यसको सुरुवात गरिसकेको छ । जिल्लामा भएका सबै सरकारी कार्यालयलाई सोही निर्णय अनुसार आगामी तिन महिना सम्मको नेपाल संवद पात्रो समेत दिइसकेको छ । कार्यालयलाई माघ १ गते अर्थात नेपाल संवद ११ सय ४४ को पोहेलाथ्व ४ देखी चौलाथ्व ४ सम्मका लागि पात्रो समेत दिएको छ ।
सोही पात्रोमा पोहेलाथ्व, सिलाथ्व, सिल्लाग्गा, चिल्लाथ्व र चौलाथ्व गरी ५ महिना रहेका छन । सोही नेपाल संवदमा १५ दिनको एक महिना हुने गरेको छ भने सबै महिना संकृत भाषमा रहने गरेको पाइएको छ । सोही मितिमा भएको १५ दिनको एक महिना हुने गरेको भएपनि नेपाल सरकारले बिक्रम संवदको महिनालाई मान्नेछ बार भने ७ दिनको हुने भएको छ ।