सिमकोट । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लले २६ औ स्थापना दिवस मनाएको छ । सोमबार सिमकोट स्थित मानसरोवर होटेलमा एक कार्यक्रमका बिच जिल्लामा लामो समयदेखि पत्रकारीता क्षेत्रमा कार्यररत २ जना पत्रकारलाई सम्मान गरेको हो ।
गत माघ १६ गते बसेको प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको बैठकले सिमकोट गाउँपालिका वडा नम्बर १ देखी ८ सम्मका ७० बर्ष भन्दा माथिका एक जना जेष्ठ नागरिकलाई कम्बल बितरण गर्ने निर्णय गरेको भएपनि जिल्लामा भएको हिमपातका कारण सोही नागरिक आउन नसक्ने भएका कारण उक्त निर्णयलाई बदर गर्दै २१ ग्ते पुन बैठक बसी जिल्लामा लामो समयदेखी पत्रकारीता क्षेत्रमा आवद्ध नरजन तामाङलाई ५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको छ भने छपाल लामालाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका सचिव दाने बोहोराले जानकारी दिए ।
उनका अनुसार जिल्लामा लामो समयदेखी पत्रकारीता क्षेत्रमा आवद्ध रहेका लामा र तामाङलाई सम्मान गरिएको छ । चौतारीले प्रत्यक बर्ष हुने आफ्नो स्थापना दिवसको अबसरपारी बिभिन्न सामाग्री बितरण गर्दै आएको यस बर्ष हिमापतका काणरा सम्मान गरिएको बताइएको छ ।
कार्याक्रममा शुभकामना मन्तब्य दिदै प्रेस चौतारी नेपालका प्रदेश कमिटि सदस्य सरेश परियारले जिल्लामा पत्रकारले के गर्याे के खायो भन्ने कसैले नदेखेको र आफ्नो जिबिको पार्जन समेत कसरी गरेको छ भन्ने कसैले थाह नपाउने बताए । उनले थपे नागरीकका हरेक समस्या पत्रकारले उठाउदै आएको भएपनि नागरीकले सुचना दिन नमान्दा पत्रकारलाई समाचार स्रोतको अभाब हुने देखिएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाका अध्यक्ष बिकास महतले पत्रकार अमुख पार्टीको मुख पत्र बन्ने गरेको, नेपालमा सरकार जस्तो नभएको, प्रशासन प्रशासन जस्तो नभएको, जनता जनता जस्तो नभएको,जनप्रतिनिधि जनप्रतिनिधि जस्तो नभएको बताए ।
उनले पत्रकार भने देशके चौथो अंगका रुपमा रहेकाले जनता रसरकार बिचको पुलको काम गर्ने हो, देशमा बाह्र तेर भाई कुरा आइरहेका बेला जिल्लामा तेस्तो नर्गन सुझाब समेत दिएका छन ।
सोही कार्यक्रको बेशेष अतिथी ग्रहण गरेका सहयक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले राजनैतिक दवाबका कारणले लुकेर रहेका हुम्लाका समाचार पत्रकारले बाहिर ल्याएकाले कर्म अहिलेपनि सरयाीय भएको बताए । प्रत्यक नागरीकले कुनैपनि सुचना प्राप्त गर्नकालागि सुचना अधिकारी मार्फत सुचना मागेर सहि प्रयोगमा ल्यान सुझाब दिए ।
सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका गाउँपालिका कार्यबाहक अध्यक्ष नन्द रावतले पत्रकारले जिल्लामा बिना पैसा बिना, बिना पारिश्रमिक सांस्कृतिक, धार्मिक, पर्यटकिय, बाल बिवाह, बहु बिबाह लगायतका खोज मुलक आवजलाई ल्याएमा खुःसी ब्यत्त गरेका छन । उनले अझैपनि गाउँ घरमा कैयौ सामाचार लुकाले बाहिर ल्यान पत्रकारलाई अपिल गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष गोकुल बुढाले हुम्लाको सन्धर्बमा २०६३ सालबाट सुरु भएको प्रेस चौतारी नेपालले स्थापना कालदेखी हाल सम्म ५० जना पत्रकार उत्पादन गरिसकेको बताए ।
उनले भने, वास्तबमा पत्रकार खोज अनुसन्धानमा नगएको आफुलाई लागेको छ । बिभिन्न पालिकामा सबै कुराको अभाव भइ रहदा त्या सम्म पत्रकार नपुगेको र आगामि दिनमा अरु पत्रकारलाईपनि सम्मानको पात्र बन्न योग्य हुन सुझाब समेत दिएका छन ।
कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा, नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष गोकुल बुढाको प्रमुख आतिथ्यमा तथा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख लगायत अन्य पत्रकारहरुको उपस्थितमा सम्पन्न भएको सचिव बोहोराले बताए ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १५:५६