हुम्ला । भाडाको घरबाट संञ्चानमा रहेको अदानचुली गाउँपालिकालाई अस्थाई टहरा निर्माण नगर्न वडा नम्बर २ का नागरीकले अनुरोध गरेका छन । वडा बासीको उपस्थितमा सोमबार २ नम्बर वडा कार्यालयमा सर्बदलिय बैठक बसी सोही निर्णय गरिएको हो ।
गाउँपालिकाको सबै गरेर हालपनि २० कोठा प्रयोग बिहिन अबस्थामा रहेको जानकारी गराउदै अस्थाई टहरा निर्माण नगरी सोही प्रयोग बिहिन अबस्थामा रहेका कोठाहबाट काम काज संञ्चालन गर्ने अनुरोधका लागि सोही बैठक बसेको अदानचुली २ सहयाक कम्प्युटर अप्रेटर धमैराज बोगटीले जानकारी दिनु भएको छ । उहाँका अनुसार गाउँपालिकाले अबको केही समयभित्र श्रीनगर स्वास्थ्य चौकीको खाली जग्गामा अस्थाई टहरा निर्माण गरी कार्यालय संञ्चालन गर्ने भनिएपछि सर्बदलिय सर्बपक्षिय बैठक बसी यस्तो निर्णय गरिएको बताउनु भएको छ ।
उत्त बैठकले अदानचुली गाउँपालिकाको कार्यालय संञ्चालनका लागि गाउँ कार्यपालिकाको निर्णय अनुसार श्रीनगर स्वास्थ्य चौकीको हाल रहेको खाली जग्गामा मैदान निर्माण गर्ने भनिएको सोही अस्थाई टहरा निर्माण गर्न भनिएको भएपनि नगरी गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा खेलकुद मैदान निर्माणको लागि बिनियोजन गरेको रकमले ओखलढुङ्गा भन्ने ठाउँमा मैदान निर्माण गरिएको अबगत गराएको छ ।
सोही स्थान गाउँपालिका बासीका लागि कुनै दृष्टिकोणबाट पाएक नपरी सुरक्षित र दिर्घकालीन नहुने भन्दै रकम दिगो बिकासकालागि नभएकाले पुनः गाउँपालिकाले केन्द्र र भवनको लागि बिकल्प खोज्नु पर्ने हुने भएको जानकारी गराउँदै अस्थाई टहरा समेत गाउँपलिका बासीलाई पाएक पर्ने स्थानमा निर्माण गर्न अनुराध गरिएको छ ।
यस्तै गाउँपालिकाको हाल प्रयोग बिहिन भएका भवनहरु प्रयोगमा ल्याएर संरक्षण गर्नु पर्ने माग राखिएको छ । साबिकको गाबिस भवन देखी तत्कालिन स्वास्थ्य चौकी, कृषि भवन लगायतका भवनहरु प्रयोग बिहिन हुदा अहिले जिण अबस्थामा पुगेका छन । गाउँपालिकाले सोही भवनहरु प्रयोग नगर्दा जिण अबस्थामा पुगेको भएपनि बार्षिक लाखौ रकम खर्च गरेर कार्यालय भाडाका ब्यात्तिगत घरहरुबाट संञ्चालन गर्दै आएको छ । तेसैका कारण गाउँपालिकाले बिकासको रकम घरभाडामा घाटा बेहोर्नु परेको छ । सोही भवनहरुमा लगभग २० कोठा खाली अबस्थामा रहेका छन ।
हाल जिर्ण अबस्थामा पुगेका उक्त भवनहरु मर्मत गरी कार्यालय संञ्चालन गर्दै संरक्षण गर्न अनुरोध गरेको पाइएको छ । तत्काल अस्थाई टहरा निर्माणका लागि बजेट खर्च गर्नु भन्दा गाउँपालिकामा भएका सोही भवनलाई संरक्षण गर्नु पर्ने नागरीकको भनाइ रहेको छ । हाल सोही भवन मध्यबाट वडा नम्बर ३ मा रहेको कृषि भवनमा २ कोठा, अदानचुली २ मा रहेको सामुदायिक भवनमा ४, पुरानो स्वास्थ्य चौकीमा ४, तत्कालिन गाबिस भवनमा नयाँ निर्माण गरिएको गाउँपालिका सभाहलमा २, श्रीनगर स्वास्थ्य चौकीको नयाँ भवनमा ८ गरी जम्मा २० कोठा खाली भएर प्रयोग बिहिन अबस्थामा छन । वडा बासिले आफुले निर्णय गरी गाउँपालिकालाई गरेको माग कार्यन्वयन नगरेको पाइएमा थप प्रक्रिया बद्ध भएर सिंगो वडा बासी अगाडी बढाउने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १८:५५