वैशाख १२, काठमाडौँ । यो वर्षको मनसुनमा पश्चिम क्षेत्रमा बढी वर्षा हुने भएको छ ।
प्रिमनसुन सक्रिय भएर अहिले मुलुकैभरी वर्षा भइरहे पनि आगामी जेठ देखि शुरु हुने मनसुनका चार महिनासम्ममा भने मुलुकको आधा भागमा औसतभन्दा कम वर्षा हुने विज्ञहरुले औंल्याएका छन् ।
दक्षिण एसियाली मुलुकहरु र मौसमसम्वन्धि अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरुले दक्षिण एसियाली मुलुकहरुको मनसुनको प्रक्षेपण गर्दै ुनेपालको पूर्वी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने र पश्चिममा औसतकै हाराहारी वर्षा हुने अनुमान गरेका छन् । मनसुनको समयावधिका चार महिनामा कुल वाषिर्क वर्षाको ८० प्रतिशतसम्म वर्षा हुन्छ ।
सास्कोफमा जल तथा मौसम विज्ञान विभागबाट सहभागी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार नेपालमा यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ को अधिंकाश भुभागसहित प्रदेश ५ को पश्चिमी भूभागहरुमा औसतभन्दा कम वर्षा हुने आँकलन गरिएको छ । अन्य भागमा भने औसत र औसत नजिक वर्षा हुने उनीहरुले उल्लेख गरेका छन् ।
गत वर्ष भारतको पुणेमा भएको सास्कोफको १३ औं सम्मेलनले नेपालभरी मनसुन अवधिमा औसत वर्षा हुने आँकलन गरेको थियो । ुगत वर्ष पनि हामीले आँकलन गरे अनुुसार नै वर्षा भयोु, मौसमविद् कँडेलले भनिन्, ुपछिल्ला केही वर्षदेखि हाम्रो आँकलन मेल खाने गरेको छ ।ु गत वर्ष नेपालभरी मनसुनको चार महिना अवधिमा ९४।१ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो ।
मौसमविद्का अनुसार ३० वर्षको औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्मको अवस्थालाई औसत र ९० प्रतिशत भन्दा कमलाई औसत भन्दा कम वर्षा र ११० प्रतिशत भन्दा बढीलाई औसत भन्दा बढी वर्षा भन्ने गरिन्छ । मनसुनको वर्षा प्रशान्त महासागरमा विकस हुने ुएलनिनोुको अवस्थामा निकै निर्भर पर्दछ ।
ुसाधारणतया एलनिनो पूर्ण विकसित भएको वर्ष नेपालमा मनसुनी वर्षा कम हुन्छ,ु कँडेल भन्छिन्, ुएलनिनो तटस्थ हुँदाको बखत मनसुनमा औसत वर्षा हुन्छ ।ु अहिले एलनिनो कमजोर अवस्थामा रहेको र मनसुनको उत्तरार्धमा यो झनै कमजोर हुँदै जाने सम्भावना देखिएको मौसमविद्हरुको विश्लेषण छ । एलनिनोका अलावा अन्य क्षेत्रीय र विश्वको जलवायु तत्वहरुले पनि मनसुनी वर्षामा असर पारेको हुन्छ ।