वैशाख १६, सिमकोट । हुम्लाको ताँजकोटमा फैलिएको अज्ञात राृगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोटमा थप १ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो ।
गाउँपालिकाभरी बिरामीको संख्या २ सय जना रहेको बिरामी जाँचमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।
नयाँ वर्षको शुरुवात सँगै फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन् । यसैगरी ५५ बर्षे रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा र वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा सहित आजसम्म रोगबाट मर्नेको संख्या १० पुगेको हुम्लाका प्रमूख जिल्ला अधिकारी धोलक राज ढकालले पुष्टि गरे ।
अधिकारी ढकालले भने “अत्रात रोगबाट ग्रसित बिरामीको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी सहित ताँजकोटमा पुगिसकेको छ ।”
बिरामीको नमुना संकलन र आवश्यक उपचारको काम भैरहेको बताएका अधिकारी ढकाललका अनुशार बिस्तारै रोग नियन्त्रणतर्फ उन्मुख छ ।
रोगबाट अचानक मर्नेको संख्या बढेपछि अहिले कर्णाली प्रदेश अस्पताल र मुगुबाट गएका स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. तेजराज भट्टराईले बताए । उनका अनुशार अहिले ताँजकोटको मैला स्वास्थ्य चौकीमा बसेर बिरामीको चेकजाँच गर्ने काम भैरहेको छ ।
गाँउपालिकाका सबैवडामा भएका बिरामीलाई ल्याएर स्वास्थ्य परिक्षण गर्ने र आवश्यक औषधी दिने काम भैरहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले जानकारी दिए ।
आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट चिकित्सक सहित औषधी लिएर प्रभावित क्षेत्रमा आएको ताँजकोट गाउँपालिका अध्यक्ष बागदल मल्ले बाए ।
उनका अनुशार हेलिकप्टरबाट बिरामी भएका ६ जना विरामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । बिरामीमो रुगाखोकी, वाकवाकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्ने गरेको ताँजकोट २ रोकायाबाडाका मानबहादुर रोकायाले जानकारी दिए ।
रोग नियन्त्रण नभएसम्म पालिकाका पाँचवटै वडाका वडा अध्यक्ष तथा सदस्य, विभिन्न पार्टीका कार्यकर्ता, कर्मचारी तथा युवा वर्गहरु लाई रोग प्रभावित क्षेत्रमा खटाईको पालिकाका अध्यक्षले मल्लले बताए ।