बैशाख १८, हुम्ला । हुम्ला जिल्लाको अदानचुली १ कि राजकला महतारालाई सुत्केरी ब्याथा लागे पछि हेलीकप्टर द्धारा सुर्खेत लगिएको छ । कर्णाली प्रदेशका सामाजीक बिकास मन्त्री दल रावल आफैले अदानचुली गाउँपालीकामा रहको हेलीप्याडमा आएर सुत्केरी ब्यथा लागेर थला परेकी महतारालाई कर्णाली प्रदेश राजधानी सुर्खेत लगेका हुन् ।
बिहिबार राती ११ बजे देखी सुत्केरी ब्यथा लागेको महतारालाई बिहान ६ बजे श्रनिगर स्वास्थ्य चौकी लगिएको थियो । उक्त स्वास्थ्य चौकीमा कार्यरत अहेव निर्मला थापाले महतारालाई उपचार गर्न नसकिने भनेपछि प्रदेश अस्पतालमा रिफर गरएिको हो । उनका अनुसार पेट भित्रको बच्चामा ब्यालेन्स नभएको र पहिले बच्चा निस्कीनु पर्नेमा नाल निस्केर बाहीर करिब १ केजी जती मासु बढेकोले स्थानीय स्वास्थ्यचौकीमा उपचार संभव नभएको अहेव थापाले बताइन् ।
बिरामी महताराका अनुसार आज भन्दा करिब १ हप्ता अघि पनि रगत बगेकोले आफुलाई संका लागेको तर कसैलाई पनि नभनेर आज आफैलाई यस्तो समस्या भएको बताईन् । ब्याथाले थलीएकी ३५ वर्षीया महताराले यस भन्दा अघि ५ वटा सन्तानको जन्म दिईसकेकी छन् ।
सुत्केरी ब्यथाले थला परेकी महतारा अदानचुली गाउँपालीका वडा नं १ का वडा सदस्य वर्ष महताराकी श्रीमती हुँन् श्रनिगर स्वास्थ्य चौकीले यसको उपचार यहाँ गर्न नसकिने भन्दै रिफर गरे पछि वडा सदस्य महतारा गाउँपालीकाका अध्यक्ष , उपाध्यक्ष कहाँ गएर हेलीकप्टरको कुरा गरेको र अध्यक्ष ,उपाध्यक्ष दुबै जनाले सामाजीक बिकास मन्त्रालयमा कुरा गरी हेलीकप्टर मगाएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले बताए । हुम्ला जिल्लाकै चंखेली गाउँपालीकामा पनि सुत्केरी लिएर जाने भएकोले दोस्रो फलाईट अदानचुलीमा भएको उपाध्यक्ष सौमती रावल ऐडीले जानकारी दिइन् ।
एकै दिनमा २ जनीको हलीकप्टरमै उद्धार
चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३५ वर्षीया निशा नेपालीलाई गृह मन्त्रालयको समन्वय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र स्थानीय धुब्रबहादुर शाहीको पहलमा उद्धार गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार मंगलबार बिहानदेखि उच्च रक्तश्रावले थलिएकी अनमीलाई गृहमन्त्रालयसँग समन्वय गरी सामाजिक विकास मन्त्रालयले रकम व्यहोर्ने गरी जोखिममा परेकी अनमीको उद्धार गरिएको बताए । नेपालीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
यता अदानचुली गाउँपालीकाकी राजकला महतारालाई सुत्केरी ब्यथाले थलिए पछि आजै हेलीकप्टरबाट उद्धार गरीएको सामाजीक बिकास मन्त्री दल रावलले भयो । मन्त्री रावलले कर्णाली प्रदेशमा अब कोहि कसैलाई पनि रोग र भोगले मर्न नदिने बताए ।