काठमाडौं । श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट निर्वाचनका लागि निर्धारित मिति (आज २६ जेठ) मा निर्वाचन नगराइएकोेप्रति कडा आपत्ति जनाएको छ ।
अध्यक्ष गणेश बस्नेतले आज बिज्ञिप्ती जारी गर्दै महासंघ नेतृत्वले ‘मतदाता नामावाली विवाद’ देखाएर निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन गरी अबैधानिक बाटोबाट आफ्नो कार्यकाल लम्ब्याउने दुश्प्रयाश गरको भन्दै प्रेस चौतारीले कडा आपत्ति जनाएको हो ।
महासंघका अध्यक्षले बिज्ञप्तिमार्फत निर्वाचन रोकेर अनिश्चित मात्रै होइन कानूनी रिक्तता र वैधानिकताको पनि गम्भीर प्रश्न उठने अवस्थामा पुर्याएको प्रेस चौतारीको ठहर छ ।
नेपाली श्रमजीवि पत्रकारहरुको मात्रै नभएर आम नागरिकहरुको पनि भरोसा योग्य संगठनको गरिमा र गौरवलाई कमजोर बनाउने गरी वर्तमान नेतृत्वको यसप्रकारको बदनियतपूर्ण कार्यको भत्र्सना गरेको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा, श्रमजीवी पत्रकारहरुको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचनाको हक रक्षा र व्यावसायिक पत्रकारिताको सम्र्बद्धनमा गौरवमय इतिहास बनाएको अविछिच्न उत्ताधिकारीवाला संस्था यो अवस्थामा आइपुग्नु बिडम्बनापूर्ण हो,’ प्रेस चौतारीका अध्यक्ष बस्नेतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘महासंघको साधरणसभा, महाधिवेशन र मतदानको लागि यसअघि नै विधान, नियमावली निर्माण गरेर त्यसको आधारमा समयअवधि तोकेर अभ्यास गर्दै आएको छ तर वर्तमान नेतृत्वले आफ्नो कार्यकाल २५ चैत २०८० पुरा भएको दुई महिना बितिसक्दा पनि विवाको बहना बनाएर नेतृत्व हस्तान्तरण प्रक्रियामा उदासीनता देखाउँदा नियतमा नै गम्भीर संशय पैदा भएको छ । आफ्नो कार्यकाल लम्बाउने बदनियतपूर्ण बाटोतर्फ वर्तमान नेतृत्व उन्मुख भएकोप्रति हामी आपत्ति प्रकट गर्दछौं ।’
विज्ञप्तीको पूर्णपाठ
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट निर्वाचनका लागि निर्धारित मिति ९२६ जेठ २०८१० मा मतदान हुन नसकेकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ नेतृत्वले ‘मतदाता नामावाली विवाद’ देखाएर निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्दा निर्वाचन अनिश्चित मात्रै होइन, कानुनी रिक्तता र वैधानिकताको पनि गम्भीर प्रश्न उठेको छ । नेपाली श्रमजीवी पत्रकारहरुको मात्रै नभएर आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र गौरवलाई कमजोर बनाउने गरी वर्तमान नेतृत्वको यसप्रकारको बदनियतपूर्ण कदमले प्रेस चौतारीलाई आश्चर्य चकित तुल्याएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारहरुको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचनाको हक रक्षा र व्यावसायिक पत्रकारिताको सम्वर्द्धनमा गौरवमय इतिहास बनाएको अविछिच्न उत्ताधिकारीवाला संस्था यो अवस्थामा आइपुग्नु बिडम्बनापूर्ण हो । महासंघको साधरणसभा, महाधिवेशन र मतदानको लागि यसअघि नै विधान, नियमावली निर्माण गरेर त्यसको आधारमा समय अवधि तोकेर अभ्यास गर्दै आएको छ । तर वर्तमान नेतृत्वले आफ्नो कार्यकाल ९२५ चैत २०८०० पुरा भएको दुई महिना बितिसक्दा पनि ‘मतदाता नामावाली विवाद’को बहना बनाएर नेतृत्व हस्तान्तरण प्रक्रियामा उदाशिनता देखाउदा नियतमा नै गम्भीर संशय पैदा भएको छ । अवैधानिक बाटोबाट आफ्नो कार्यकाल लम्बाउने बदनियतपूर्ण बाटोतर्फ वर्तमान नेतृत्व उन्मुख भएकोप्रति हामी गम्भीर आपत्ती प्रकट गर्दछौं ।
महासंघका सदस्यलाई शुद्धीकरण गर्दै महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा संगठनको रुपमा विकासका लागि प्रतिबद्ध रहेर चौतारीले असाध्यै जिम्मेवारी ढंगले नेतृत्वदायी पहल गर्दै आएको अवगत नै छ । तर वर्तमान नेतृत्वले महासंघको सुर्खेत ९८–९ पुस २०७९० साधारण सभाबाट गरिएको सर्वसम्मत निर्णय, १५ बूँदे मापदण्डविपरित सदस्यता मनमौजी तरिकाले थपघट गर्दा यो अवस्था उत्पन्न भएको छ। महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको भरपर्दो र गरिमामय संस्थाको रुपमा विकास गर्ने सहमति र मान्यताबाट बिचलित भई आग्रह र पूर्वाग्रहको आधारमा सदस्यता थपघट गर्ने वर्तमान नेतृत्वको बिडम्बनापूर्ण प्रयासको नजिता हो यो ।
तसर्थ वर्तमान मुलत महासंघको नेतृत्वले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिदै यसअघिका निर्णयअनुरुप सदस्यता विवाद निरुपण गरेर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन प्रेस चौतारी माग गर्दछ । अन्यथा, नेपाल पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हित रक्षाका निम्ति गोलबन्द भइरहेका श्रमजीवी पत्रकारहरुलाई साथमा लिएर आवश्यक वैधानिक कदम चाल्ने प्रेस चौतारी नेपाल बाध्य हुनेतर्फ समयमै सचेत गराउन चाहन्छौं । भरपर्दो नागरिक संगठनको रुपमा स्थापित श्रमजीवी पत्रकारहरुको साझा तथा गौरवमयी संगठनलाई कानुनी तथा वैधानिकता रिक्तता उत्पन्न गराएर कमजोर बनाउने सबै प्रकारका षड्यन्त्रप्रति हामी उत्तिकै जानकार छौं ।
तसर्थ, आफ्नो स्वार्थ अनुकुल नहुदा महासंघको मुल नेतृत्वलाई प्रभावित गरी महासंघको गरिमा र गौरवलाई नै क्षति गर्ने गरी ‘नरहे बाँस, नबजे बाँसुरी’ शैलीमा उत्रिएका प्रवृत्तिलाई अस्वीकार गर्दै प्रतिरोधमा उत्रिन तमाम श्रमजीवी पत्रकारहरुलाई हार्दिक अपिल समेत गर्दछौं ।
गणेश बस्नेत
अध्यक्ष
मिति स् २६ जेठ २०८१