काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारीछ ।
नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्रपाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।
सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन् ।
उपमहासचिवमा राई, केसी, चौधरी र श्रेष्ठ
उपमहासचिवका लागि कोशी प्रदेशका पूर्वमुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसीको उम्मेरदारी पकेको छ ।
४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् ।
केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्यामभुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए ।