जेठ १९, सिमकोट । लामो समय पछि गाउँमै नेपाली नागरिकताको प्रमाण पत्र पाउँदा ताँजकोट स्थानीयले खुशी व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले गाउँमै पुगेर नागरीकता वितरण गर्ने अभियान अन्र्तगत जिल्लाको ताँजकोट गाउँपालिकामा शिविर सञ्चालन गरेपछि स्थानीय नागरिक खुशी भएका हुन् ।
सदररमुकाम सिमकोटबाट हेलिकप्टरमा ताँजको पुगेको नागरिकता टोलीले पहिलो दिन आइतबार ८८ जनाको नयाँ र १३ जनाले प्रतिलिपी नागरीकता वितरण गर्नुका सथौ सिमापास, एमआरपी फारम भर्ने, मतदाता नामावलीमा नाम दर्ता, जग्गाको कित्ताकाट गर्ने काम गरेको टोलीमा संलग्न जिल्ला नापी कार्यलय हुम्लाका प्रमुख रामकृष्ण शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालको संयोजकत्वमा गएको नागरीकता वितरण टोलीले ताँजकोट गाउँपालिकामा नागरीकता वितरण गरेको हो । आईतबार विहान बाट नागरीकता बनाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकालले बताए ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा र ताँजाकोट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको शिविरमा गाउँपालिका भित्रका १ देखि ५ वडा सम्मका स्थानीय बासिन्दाका नागरीकता लिन छुटेकाहरूले नयाँ नागरीकता र प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी ढंकालले जानकारी दिए ।
नागरिकता बनाउन दक्षिण क्षेत्रबाट सदरमुकाम सिमकोट सम्म आउन ४ दिनको पैदल यात्राको समस्या हुने भएकाले पनि गाउँमै गएर सेवाग्राही लाई नागरीकता वितरण गरेकोे प्रजिअ ढंकालले बताए । गाउँमै नागरीकता सहजरुपमा पाएको ताँजकोट गाउँपालिका ५ की पम्फा छत्यालले बताइन । नागरिकता बनाउन सदरमुकाम सिमकोटमा जान आउन ८ दिन लाग्ने भएकोले अहिले घरकै अगानमा आफनो नागरीकता पाउँदा सरकार पुगेको अनुभब भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
दुई दिनसम्म ताँजाकोट गाउँपालिकामा र २३ र २४ गते अदानचुली गाउँपालिका शिबीर संचालन हुने भएको छ ।