काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारत बिचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटि क्षेत्रमा पनि लिनुपर्ने बताउनुभयो ।
काठमाडौंमा आज भारतीय दुतावासले आयोजना गरेको सेकेन्ड इन्डीया-नेपाल स्टार्रटअप कनेक्ट कार्यक्रममा संबोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय सूचनाप्रविधिको युग भएकाले अबको दुई देश बिचको सम्बन्ध जोड्ने अर्को आधार सूचनाप्रविधि समेत रहेकोमा सुनाउनुभयो ।
उहाँका अनुसार नेपाल र भारत सांस्कृतिक, भावनात्मक र खुल्ला सिमानाको अन्तर सम्बन्धलाई अब नविन कार्यमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । खास गरि आइटि क्षेत्रमार्फत दुई देश बिचका युवामा इनोभेटिभ कार्यमा सहकार्य गर्नु पर्ने उहाँको बुझाइ छ ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपालले आइटि क्षेत्रमा पुर्वाधार निर्माण गर्ने, बजार विस्तार गर्ने, डिजीटल फेमवर्कमा कार्य सम्पादन गर्दै आएको बताउनुभयो । साथै उहाँले युवाहरुलाई आइटि उद्यमी बनाउन समेत प्रोत्साहन गर्दै आएको सुनाउनुभयो ।
मन्त्री गुरुङले आइटि क्षेत्रको पुर्वाधार विकास गर्ने, नेपालको आफ्नै सेटलाइट बनाउने, डिजीटल लिटरेसी विस्तार गर्ने, एआइ नीति ल्याउने सरकारको योजना बारे जानकारी गराउनुभयो । “हामीले अब नेपाल र भारत बिच स्टार्रटअप मार्फत सहकार्य गर्न सक्छौँ,” उहाँले भन्नुभयो,“यसले दुवै देशको सम्बन्ध विस्तार सँगै अर्थतन्त्रलाई समेत टेवा पुर्याउछ ।” उहाँले नेपाल दुई देश बिचको तरुल भन्ने भाष्यलाई परिमार्जन गरेर सम्भावना नै सम्भावना भएको देशका रुपमा बुझ्न आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री गुरुङले भन्नुभयो,“नेपाल अब दुई देश बिचको तरुल होइन, सम्भावना नै सम्भावननाको देश हो ।” उहाँले भारत सँग आइटि क्षेत्र लगायत इनोभेटिभ कार्यमा सहकार्य गरेर लेट्स वर्क टुगेदरको मनोभाव सिर्जना गर्न जोड दिनुभयो ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपाली स्टार्रटअप र भारतीय स्टार्रटअप सँग सहकार्य गरेर उद्यमशीलतामा प्रोत्साहन गर्ने बताउनुभयो । भारतीय सरकारले नवीन कार्यमा युवा विशेष लगानी गर्दै आएको र नेपालले पनि यहि प्रयास देखिएकाले दुवै देशको सहकार्यमा अझै उपलब्धी मुलक बनाउन सकिने बताउनुभयो ।
राजदुत श्रीवास्तवले भारतमा अप्रील ३ देखि ५ तारिखमा हुन लागेको स्टार्रटअप महाकुम्भवमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न समेत अनुरोध गर्नुभयो