सिमकोट । सिमकोट गाँउपाली हुम्ला ,यहाँका स्थानीय तह मध्ये उत्कृष्ट भएको छ । जिल्ला समन्वय समिति हुम्लाले हालै मात्र सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ९६ प्रतिशत, खार्पुनाथ गाउँपालिकाले ९४ दशमलब ५० प्रतिशत, ताँजकोट गाउँपालिका ९४ दशमलब २५, नाम्खा गाउँपालिकाले ९४ प्रतिशत, अदानचुली गाउँपालिकाले ९० दशमलब ५०, चंखेली गाउँपालिकाले ८४ दशमलब ५०, र सर्केगाड गाउँपालिकाले ८३ दशमलब २५ प्रतिशत प्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्य ाङ्कनमा सबैभन्दा कम प्रतिशत सर्केगाड गाउँपालिका प्राप्त गरेको छ ।
यसैगरी वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो भएको हो । वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा सिमकोट गाउँपालिकाले ८९ प्रतिशत, चंखेली ७१ दशमलब ५०, नाम्खा ७० दशमलब ५०, खार्पुनाथ ७० दशमलब ५०, सर्केगाड ६८ प्रतिशत, अदानचुली ५३ दशमलब ५० प्रतिशत र ताँजकोट गाउँपालिकाले ५० प्रतिशत प्राप्त गरेका हुन् ।
उक्त दुई वटै मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो बनेपछि यसको कार्यशैली र व्यवस्थापनका बारेमा चर्चा हुन थालेको छ । पहिलो गाउँपालिका बन्नुमा सङ्घीय सरकारबाट प्राप्त बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास र कर्मचारीको सहयोग मुख्य रहेको गाउँपालिका अध्यक्ष विजय भण्डारी प्रतिरोधले बताउनुभयो ।
![476953376_3251813361627209_3624585349768521395_n-1739455039.jpg](https://nepalbot.com/uploads/posts/476953376_3251813361627209_3624585349768521395_n-1739455039.jpg)