सिमकोट । सोमबार फागुन १२ गते सिमकोट गाउँपालिका– १ र २ ठेहे गाउँ र ५ को खाद्यक गाउँ तथा ६ को माथिल्लो गाउँ पाम्वाडामा चैतलो पर्व मनाइयोको छ ।
यो पर्व यी गाउँमा हरेक वर्ष मनाउने गरिदै आएको छ । महिलाहरु पँहेलो पहिरनमा महंगा गरगहनामा सजिएर चैतलो गाउने गर्छिन । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु बसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिँदै आएको छ । चैतोलो मा गीत गाउने महिलाहरुलाई आफन्त र नजिकका छिमेकीले घरमा बोलाएर मिठो, मसिनो परिकार तयार पारेर खुवाउने पनि गरिन्छ ।
यो पर्वमा चैतलो खेल्न जाने महिलाले अनिवार्य रूपमा रेशमी कपडाको पहेलो वस्त्रको लगाउनु परम्परा नौलो र मौलिक रहेको छ । चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश क्षेत्री समुदायले मात्र मान्ने पर्वक रुपमा चिनिदै आएको छ ।
यस्ता चाडपर्वले समाजलाई मौलिकता दिने कार्य गरेका छन् । प्रचारप्रसार गर्न गराउन सकेमा सांस्कृतिक पर्यटनका लागि पनि फाईदा पुग्ने विश्वास समेत ब्यक्त् गर्न सकिने भएको छ । यो पर्वमा देवदेवीको गुणगान गाउने गरिन्छ । यो अवसरमा पाहुना तथा अतिथिलाई पनि सम्मानका साथ खानपान गर्ने गराउने चलन रहेको छ । दुई समुह बनाएर ठेहे गाउँको भुओखाडो र सिमकोटको चौपाडीमा सामुहिक महिला जम्मा भहै देवीदेवताका साथै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक सन्दर्भ उल्लेख गरिएका मांगल, फाग, चार्ची, चुडकिलाका साथै देउडा गीत समेत गाउँले र खेल्ने गरिन्छ । युवायुवतीले रातभर देउडा गाउने गर्छन ।
भने ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो ९देउडा० खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको पाइन्छ । परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको किवदन्तीमा पाइन्छ । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा यस्ता पहिरनका साथ मनाउँदै आएको ठेहे गाउँका बुढापाखाको मनभइछ ।
दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको पाइन्छ । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा, लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिष्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरिन्छ । गाउँ नजिकमा रहेको पाइक पर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपाडा लगाएका पुरुषले खरानीका पोका बनाएनर महिलाले गाइरहेको स्थानमा आएर स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् ।