सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्न अन्तिम तयारी गरिरहँदा एकाएक राजनीतिक अवरोध देखा परेको छ।
बजेट प्रस्तुतिका लागि अर्थमन्त्री राजीवविक्रम शाह ब्रिफकेस बोकेर प्रदेश सभा भवन पुगे पनि बैठक सुरु हुन सकेन।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि संसद्को कार्यसूची अनिश्चित बनेको हो।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारलाई ‘आयोजना बैंक’ को नाममा अपारदर्शी बजेट निर्माण गरेको आरोप लगाएका छन्।
‘बजेट निर्माण प्रक्रिया सल्लाहविनाको, पूर्वाग्रही र एकपक्षीय छ,’ उनले भने, ‘योजनाको मूल आधार मानिएको आयोजनाबैंक नै गोप्य छ भने बजेट कसरी जनतामैत्री हुन्छ ?’
उनले पत्रकारदेखि जनप्रतिनिधिसम्मले आयोजना बैंकको विवरण नपाएको भन्दै आलोचना गरेका छन्। ‘कसैलाई थाहा छैन, योजना कसरी समावेश भएरु कसको आधारमा चयन भए ? हामीलाई यो स्वीकार्य छैन,’ उनले भने।
सरकारले मन्त्रालय र जिल्लाबाट सिफारिस भएका योजना बेवास्ता गरी आफ्ना रुचिका योजना मात्र अघि सारेको आरोप लगाइएको छ।
अझै बैठक बस्न केही समय लाग्ने सचिवालयले सचिवालयले जानकारी दिएको छ ।