सिमकोट । हुम्ला जिल्लामा रहेका सातवटा स्थानीय तह मध्येका चारवटा स्थानीय तहले आफ्नो गाउँसभा मार्फत नयाँ आर्थिक वर्ष २०८२/०८३ को नयाँ बजेट तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको नाम्खा , सिमकोट खार्पुनाथ, र सर्केगाड गाउँपालिकाले आफ्नो गाँउ सभा मार्फत नयाँ बजेट र कार्यक्रम ल्याएको बताइएको छ । असार १० गते भित्र गाउँ सभामा बजेट तथा कार्यक्रम पेश गर्नु पर्ने कानूनी ब्यवस्था अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम सभामा पेश गरेका हुन् । सर्केगाडलाई १६ औँ, खार्पुनाथ १७ औँ, नाम्खा १३ औँ र सिमकोटले ११ औँ गाउँ सभा मार्फत ल्याएको बताइएको छ ।
नाम्खा गाँउपालीकाको बजेट ३७ करोड बढी

उत्तरी नाम्खा गाउँपालिकाले ३७ करोड भन्दा बढी बजेट ल्याएको छ । मुख्यगरि बजेटले गाउँपालिकाको प्रशासकीय भवनलाई प्राथमितका दिदै गाँउ सभाले शिक्षा, स्वास्थ्य,पुर्वाधार पर्यटन कृषि र आयआर्जनलाई बजेटले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । सो पालिकाले ३७ करोड ६८ लाख पचास हजार रुपियाँको बजेट सभाबाट पारित गरेको छ । यो वजेट पुँजीगत र चालु गरि हो ।
गाँउ सभाले आन्तरिक आम्दानीमा राजस्व संकलनबाट बीस लाख, अल्या एक करोड पचास लाख गरि एक करोड ७० लाख अनुमान गरेको छ । गाउँपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ ।
सिमकोट गाँउपालिकाको ६४ करोड

हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको बजेट ६४ करोड बढी रहेको छ । सिमकोट गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पेश गर्दै पारित समेत गरेको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए ।
एघारौं गाउँ सभाबाट पारित भएको बजेट तथा कार्यक्रममा ६४ करोड ३६ लाख ७० हजार २०३ रुपियाँ अनुमान गरिएको छ । यसमा पूँजीगतफर्फ २४ करोड आठ लाख ६९ हजार बजेट रहेको छ भने चालुतर्फ चालीस करोड २८ लाख एक हजार २०३ रुपियाँ रहेको छ ।

यसमा क्षेत्रगत रुपमा आर्थिकमा २४ करोड आठ लाख, ६९ हजार बजेट रहेको छ भने सामाजिकमा एक करोड ९ लाख पचास हजार, पुर्वाधारमा १९ करोड ४६ लाख ६९ हजार, बन बाताबरण र विपदमा १७ लाख असी हजार सुशासन तथा संगठनमा ७० ल ३१ हजर रुपियँ विनिनयेजित गरिएको छ ।
गाउपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ । कार्यक्रममा उपाध्यक्ष शुशिला भाम रोकायाले बजेट तथा कार्यक्रम पेश गरेकी थिईन भने नीतिहरु बिजय अध्यक्ष भण्डारीले पेश गरेका थिए ।
खार्पुनाथ गाँउपालिका ४७ करोड

खार्पुनाथ गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ४७ करोड भन्दा बडी बजेट ल्याएको छ । खार्पुनाथ गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पशु सडक निर्माण, पहिरो नियन्त्रणलाई बजेट तथा कार्यक्रमले प्राथमिकतामा राखेको बताएको छ ।
गाउँपालिकाले ४७ करोड ६४ हजार ४९९ रुपियाको बजेट गाउँसभाबाट पारित गरेको छ । यो बजेटको श्रोतमा संङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुादन र राजस्व रहेको छ । कुल बजेटमा पूँजीगततर्फ १९ करोड एकासी लाख पाँच हजार २६१ रुपियाँ रहेको छ भने चालुतर्फ २७ करोड ८३ लाख ६४ हजार ४४९ रुपियाँ रहेको छ ।
गाउँपालिकाको बजेटको आम्दानीका श्रोतमा अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्र्तगत ससर्त, समपुरक, सम्मानीकरण, बिशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक श्रोतलाई पनि समेटिएको छ ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले सभामा नीति पेश गरेका थिए भने उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साथै गाँउ सभाले १२ वटा ऐन कार्यबिधि, प्रमाणीकरण र सम्शोधन समेत पारि गरेको छ ।
सर्केगाड गाउपलिका ६५ करोड

सर्केगाड गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ६५ करोड भन्दा बडी बजेट ल्याएको छ । सर्केगाड गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
सर्केगाड गाँउपालिकाले ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ बराबरको बजेट बिनियोजित गरिएको छ । यसमा कृषि उत्पादन बृद्धि, युवाहरूको स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण केशर आचार्यले अघिल्लो वर्षका योजनाहरूको समिक्षा गर्दै नयाँ वर्षका लागि पारदर्शी कार्यान्वयन प्रणालीको खाका प्रस्तुत गर्नु भयो । उपाध्यक्ष देबकी तिमल्सिना रोकायले महिला, बालबालिका, अपांगता भएका नागरिक र सामाजिक रुपले पछाडि पारिएका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने बताइन् ।
गाउँसभाले आगामी वर्षका योजना पारित गर्दै पारदर्शी कार्यान्वयनमा जोड दिन स्थानीय तहलाई निर्देशन दिएको छ । जनताको चासोका विषयहरूलाई समेट्दै विकासको गति थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरि गाउँसभाले प्रस्तुत बजेट तथा नीति कार्यक्रमलाई सर्वसम्मतिले पारित गर्दै कार्यान्वयनमा नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाले कुल बजेट मध्य चालु तर्फ ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ र पँजीगत तर्फ १९ करोड ४९ लाख ५९ हजार राखेको छ भने भौतिक पुर्भाधा र सामाजिक बिकास तर्फलाई बढप् प्राथमिकता दिएको यमबी थापाले जानकारी दिए । गाउँपालिकाले कुल बजेट मध्य चालु तर्फ ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ र पँजीगत तर्फ १९ करोड ४९ लाख ५९ हजार राखेको छ भने भौतिक पुर्भाधा र सामाजिक बिकास तर्फलाई बढप् प्राथमिकता दिएको यमबी थापाले जानकारी दिए ।