राजेन्द्र अर्याल
अहिले जबर्जस्त एउटा भाष्य निर्माण गरिदैछ – ‘गणतन्त्र आएपछि सबै बर्बाद भयो । कसैले केहि गरेनन् । अब नेपालमा केही हुन्न । अर्थतन्त्र डामाडोल भइसक्यो ।’ यस्तो भाष्य निर्माण गरि समाजलाई नैरास्य बनाइदैछ । नकारात्मक कुरा दोहोर्याई–तेहेर्याई भनिरहने प्रवृत्ति बढ्दा भएका कामले भन्दा नभएका र असत्य कुराले बजार पाउने गरेको छ । तथ्यांकमा टेकेर सत्य कुरा भन्दा नप्त्याउने तर मिथ्यांकले बजार मात्र नभएर सम्मानित संसदनैं गर्माउने अवस्थामा छ । तथ्यांकमा टेकेर वस्तुनिष्ठ मूल्यांकनको कल्पना विद्यमान नेपाली समाजको सपना जस्तै बन्न थालेको छ ।
पछिल्ला तथ्यांक हेर्दा देश बर्बाद भएको देखाउँदैनन् । गणतन्त्रले नागरिकलाई जुन अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर धेरै परिवर्तन भएका छन् । विकास भएको छ । सरकारका नीति तथा कार्यक्रम लोक कल्याणकारीतर्फ उन्मुख छन् । अपेक्षित प्रगति नभएको हुन सक्छ, तर हुँदै नभएको भन्दा आप्mनै आँखाले आफैलाई छले सरह हो । यद्यपी सबै क्षेत्रको इच्छाशक्ति भएको भए देशले अहिलेको भन्दा अँझै धेरै प्रगति हाँसिल गर्न सक्थ्यो ।
सामाजिक सञ्जालरुपी दाउराले असन्तुष्टीको आगो बालेर निराशाको राप ताप्नेहरुका आँखाले देख्ने कथित नैरास्यताले मुलुकलाई बदनाम गर्ने मात्र होइन सिंगो नेपाली समाजलाई निराशामा अल्झाइरहने कुचेष्टा पनि हुदैछ । देशका विभिन्न क्षेत्रमा धेरै परिवर्तनहरु भएका छन् । विकास निर्माण र पूर्वाधारका क्षेत्रमा धेरै कामहरु भएका छन् । दूरदर्शी नेतृत्वकै कारण देशको विकासले आशलाग्दो गती लिएको छ । नागरिकलाई समृद्धीको सपना देखाउदै ‘समृद्ध नेपालः सुखि नेपाली’को दिर्घकालीन लक्ष्य पुरा गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विकासका परिकल्पनालाई खिस्सीट्युरीको विषय बनाउने समाजकै अघि देश बन्ने थुप्रै आधारहरु प्रमाण्ीत भएका छन् । जसमध्ये केहि प्रमुख आधारहरुलाई यहाँ उलेख गर्न खोजिएको छ ।
दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषण
दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ भएको अन्भेषण मार्फत नेपाली नागरिकमा प्रधानमन्त्री ओलीले जगाएको महत्वपूर्ण आशा हो । वर्षौदेखि ज्वाला बलेको अनुमानका आधारमा ओली नेतृत्वको सरकारले ०८१ वैशाख २८ गतेदेखि सुरु गरेको ड्रिलिङको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ । चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा भैरवी गाउँपालिका–१ जलजलेमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्रामाणीत खानी तथा भू–गर्भ विभागले गरिसकेको छ ।

नेपालले ग्यास विदेशबाट आयात गरेर प्रयोग गरिरहेको अवस्थामा स्वदेशमै ठूलो परिमाणमा ग्यास रहेको पुष्टि भएको जलजले आसपासका क्षेत्रमा पनि थप अन्भेषणको कामलाई अघि बढाउने लक्ष्य प्रधनमन्त्री ओलीको छ । प्राकृतिक रुपमा ग्यास भएको प्रमाणीत भएका स्थानमा ग्यास उत्पादनको कामअघि बढाउने र थप स्थानमा अन्भेषण गर्दै पश्चिम नेपालबाट समृद्ध नेपालको ढोका खोल्ने सपना प्रधानमन्त्री ओलीको छ । ओलीकै पालामा ‘चिनियाँ विज्ञले गरेको अध्ययनमा एक सय १२ अर्ब घनमिटर ग्यास रहेको प्रारम्भिक प्रतिवेदनले आम नेपालीमा मात्रै नभए विश्व समुदायलाई आशाको सञ्चार गरेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री ओलीले पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु गर्दै यो आयोजना अघि बढाउनु भएको थियो ।
पोखरा र भैरहवाको अन्तरािष्ट्रय विमानस्थल
हवाई माध्यमबाट नेपालका प्रमुख पर्यटकीय शहरहरु जोड्ने लक्ष्य ओलीको अहिलेको होइन । सोहि अनुसार ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकैसाथ अन्तराष्ट्रिय विमानस्थलहरु बनाउने योजना अघि सारियो । २०७४ को कार्तिक महिनादेखि निर्माण सुरु भएको पोखरा विमानस्थल २०७९ पुस १७ गते निर्माण सम्पन्न भयो । निकै द्रुत गतिमा भएको निर्माण कार्य अघि बढाइएका पोखर र भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल मार्फत सरकारले नागरिकलाई हवाई क्षेत्रमा जगाएको अर्को आशा हो । २०७१ के पुसमा निर्माण प्रारम्भ भई २०७९ वैशाख १ गते परिक्षण उठान भएको गौतम बुद्ध विमानस्थल जेठ २ गते बुद्ध पुर्णीमाको अवसर पारेर सञ्चालनमा आयो । बाराको निजगढमा पनि लगभग अन्तिम चरणमा छ । पर्यटन क्षेत्रबाट आर्थिक समृद्धको मानकका रुपमा अघि सारिएका यी तिन अन्तराष्ट्रिय विमानस्थलहरुले पनि देश विकास हिसाबले ठूलो फडेको मार्दैछ भन्ने अर्को महत्वपूर्ण सन्देश हो ।
नौबिसे–काठमाडौं सुरुङ्ग निर्माण
वि.सं.२०७६ कार्तिक ७ मा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको बहुप्रतिक्षित नौबिसे–काठमाडौं सुरुङ्गमार्गको निर्माणको काम पनि प्रधान्त्री ओलीको अर्को महत्वपूण आयोजना हो । कोरोना महामारीले सिर्जना गरेको लकडाउनको बेलामा पनि सुरुङ्गमार्गको निर्माण काम सञ्चाल भएको यो आयोजना ब्रेक थ्रु गर्दै लगभग अन्तिम चरणमा छ । ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको उक्त सुरुङमार्ग निर्माणमा १६ अर्ब रकम जापान सरकारले सहुलियत ऋणमार्फत उपलब्ध गराएको छ । उक्त सुरुङ्गमार्ग सम्पन्न भएसँगै घण्टौ हुने जाम र यातायात सञ्चालनमा भएको समस्या दिर्घकालिन रुपमा हल हुनेमात्रै छैन् आधा घण्टा लाग्ने दुरी बढिमा ५ मिनेटमा पुरा गर्नेछ । नेपालको सडक निर्माणको क्षेत्रमा नविन प्रयासका रुपमा अघि बढेको यो गौरवको आयोजनाले पनि देशमा केहि भएको छैन् भन्नेहरुका लागि गतिलो जवाफ मात्र होइन समृद्ध नेपाल निर्माणमा ओली सरकारले देखेको अर्को सपना हो ।
पुष्पलाल राजमार्ग (मध्यपहाडी)
पुर्वको चिवाभञ्ज्याङ्ग देखि सुदूरपश्चिमको झलाद्धाटसम्म्का मध्यपहाडी क्षेत्रको वस्तीलाई जोड्ने अर्को महत्वपूर्ण आयोजना हो । मध्ये पहाडका निमित्त जीवन मार्गका रुपमा अघि सारिएको गौरवको आयोजना पुष्पलाल राजमार्ग निर्माणको काम पनि करिब अन्तिम चरणमा पुगेको छ । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको एक हजार ८ सय ७० किमी लामो यो राजमार्गमा निर्माण कम्पनीले देखाएका विभिन्न समस्याले निर्धारित समय भन्दा केहि पर धेकलिएको छ । यद्यपी नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी)सम्म गएर टुङ्गिने यो लोकमार्ग पनि नेपालको सडक पूर्वाधार क्षेत्रको अर्को महत्वपूर्ण उपलब्धी हो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालको बेला २०७३ भदौमा भएको निर्माणको ठेक्का सम्झौता भएर अघि बढेको यो आयोजना पनि नागरिकमा निराशा छर्नेहरुका लागि देश बन्दैछ भन्ने अर्को चोटिलो जवाफ हो ।
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिनु
नेपालको दुर्गम हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कुरा २६ वर्ष अगाडि देखि हरेक वर्षका सरकारले ल्याउने नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्दै आएको थियो । सुस्त गतिमा अघि बढेको कर्णाली कोरिडोरको निर्माण कार्यलाई द्रुतत्तर गतिमा अघि बढाउने कामको नेतृत्व मात्रै होइन् नेपालको ७७ औं जिल्ला सदरमुकामका रुपमा सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम पनि प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारले नैं पुरा गरेको छ । निरन्तर रुपमा निर्माण कार्य अघि बढेको खार्पुा पुल निर्माणमा ढिलाई भएपछि २० कार्तिक २०८१ को मन्त्रीपरिषद् बैठकले अघि सारेको खार्पु बेलिब्रीजको निर्माण लगत्तै प्रधानमन्त्री ओलीले २२ असार २०८२ मा हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको घोषणा गर्नु भएको छ ।

विकासोन्मुख देशको सूचिबाट नेपाललाई स्तरोन्नती गर्ने अन्तिम चरणमा पुगेका बेला मानव विकास सूचाकांकको महत्वपूर्ण सूचक मानिने सडकमार्फत नेपालका सबै जिल्ला जोडेर विश्व समुदाय समक्ष ओली नेतृत्वको नेपाल सरकारले सडक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण फड्को मारेको अर्को प्रमाण हो ।
पूर्व–पश्चिम राजमार्ग बिस्तार
सरकारले नेपालको सुदुर पूर्व र सुदुर पश्चिम जोड्ने पुर्व–पश्चिम राजमार्गलाई बिस्तारको योजना अघि सार्यो । ओली नेतृत्वको सरकारको दोस्रो कार्यकाल शुरु भएसँगै प्रधानमन्त्री ओलीले २०७५ को चैत्रमा बुटवल पुगेर सडक बिस्तार तथा स्तरोन्नतीको शिलान्यास गर्नु भयो । काम शुरु गर्दा १२ अर्बको बजेट बिनियोजित भएको यो काम पनि अलिे धमाधम निर्माणका क्रममा छ । सरकारले पूर्वपश्चिम राजमार्गलाई कतिपय ठाउँमा ४ लेन र कतिपय ठाउँमा ६ लेनको फराकिलो बनाउँदै छ । खण्ड–खण्ड गरि अघि बढाइएको राजमार्ग बिस्तारको कामले पनि देश बन्दै गरेको सन्देश राम्रेसँग दिएको छ । पुर्वदेखि पश्चिमसम्म सडमा भैरहेको कामले नागरिकमा देश बन्दै गरेको नमुना पेश गरेको मात्रै छैन् सामाजिक सञ्जालको पुच्छर समातेर नेपालमा केहि भएन भन्ने कुतर्कको ढ्वाङ फुक्नेहरुका लागि देश समृद्धिको मार्गमा रप्mतारले अघि बढेको छ भन्ने बलियो प्रमाणका रुपमा काम गरेको छ ।
जनकपुर–जयनगर रेल
प्रधानमन्त्री ओलीले नागरिकमा बाँढेको पानीजहाजको सपनालाई निकै केहि समय हाँसोमजागको विषय पनि बनाइयो । ओली सरकारमा आउनुपूर्व र आएसँगै पनि रेल र पानीजहाजको विषयमा निकै चर्चा भयो । तर, ओलीले देखेको रेल चलाउने सपना बिस्तारै पुरा हुँदै गएको छ । २०६१ माघ महिनादेखि बन्द जनकपुर–जयनगर रेल सेवा सूचारु हुने प्रक्रियामा छ । ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनस ८४ करोड ६५ लाखको लागतमा रेल किन्ने सम्झौता भयो । रेल २०७८ चैत १२ देखि सञ्चालनमा आयो । तत्कालको लागि ३५ किमी र त्यसपश्चात ५२ किमीमा जनकपुर–जयनगर रेल सञ्चालनमा आएको जयनगर रेलमार्फत पनि ओली सरकारले गर्न खोज्यो भने देशमा छोटो अवधीमै थुप्रै कामहरु हुन्छन भन्ने प्रस्तुत गरेको अर्को प्रमाण हो । जनकपुर–जयनगर रेलमार्फत पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण छिमेकी जोड्ने रेलमार्ग, काठमाडौं र अन्य सहरमा मेट्रो र मोनो रेल सञ्चालनको लागि सम्भावता अध्ययन जस्ता नीति तथा कार्यक्रम अघि सारेको ओली सरकारले समृद्ध नेपाल निर्माणमा नागरिकलाई देखाएको अर्को महत्वपूर्ण सपना हो ।
अन्तरदेशीय पेट्रोलियम पाइपलाइन
प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र तत्कालिन भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भएको अर्को महत्वपूर्ण परियोजना हो । दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७५ भदौ २४ देखि सञ्चालनमा ल्याइएको हो । पाइपलाइन सञ्चालनमा आएको एक वर्षको अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल पाइपलाइनबाट आयात गरिएको आयल निगमको तथ्यांक छ । ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडा वापत मात्रै निगमलाई एक वर्षमा ८० करोडभन्दा बढिको बचत हुने गरेको छ । परियोजनाको शुरु हुने क्रममा प्रधानमन्त्री ओलीलाई हाँसि बजागको पात्र बनाउनेकै अघि निर्माण भई दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सफल भएपछि वास्तवमै सरकारले नेपाल बन्दै गरेको सन्देश प्रवाह गरेको छ ।
मदन भण्डारी राजमार्ग निर्माण
ओली नेतृत्वको सरकारले नैं २०७५ जेठमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजनाको घोषणा गरेको थियो । पञ्चायतकालमा निर्माण गरिएको महेन्द्र राजमार्गको विकल्पको रुपमा सरकारले मदन भण्डारी राजमार्गलाई अगाडि सार्यो । एक हजार दुई सय किलोमिटर लामो यो राजमार्गले नेपालको पूर्वी जिल्ला र पश्चिमी जिल्लालाई जोड्नेछ । यो राजमार्ग १० वटा विभिन्न टुक्रे सडकलाई एकिकृत गरि पूर्वदेखि पश्चिमसम्म पुर्याउने गरि बनाइएको हो । ५० अर्ब खर्चमा बन्ने यो बहुप्रतिक्षित परियोजना नेपालको यातायात पूर्वाधारको विकासमा भने कोसे ढुंगा साबित हुनेछ । सरकारले राष्ट्रिय गौरवको यस राजमार्ग निर्माणको लागि ३ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माणका लागि अघि बढाइएको हो ।
प्रतिव्यक्ति आयमा वृद्धि
विकास, समृद्धि र जनताको जीवनस्तर मापन गर्ने एउटा मापक ‘प्रतिव्यक्ति आम्दानी’ हो । नेपालीको प्रतिव्यक्ति आम्दानी आव ०६१/६२ मा ३२९ अमेरिकी डलर थियो । चालू आ.व. ०८१/८२ को अन्त्यसम्म एक हजार ४५६ डलर पुग्ने अनुमान छ । प्रतिव्यक्ति आय ३२९ डलरबाट बढेर एक हजार ४५६ डलर पुग्नु राम्रो नै हो । विश्व बैंकको हालैको एउटा प्रतिवेदन भन्छ– ‘३० वर्षअघि ५५ प्रतिशत नेपाली असाध्यै विपन्न अवस्थामा थिए । उनीहरूको आम्दानी प्रतिदिन २.१५ डलरभन्दा कम थियो । त्यही मापदण्डका आधारमा आज गरिबी ०.३७ प्रतिशतमा झरेको छ ।’ सम्मानजनक आम्दानी भनेर प्रतिदिन ६.८५ डलरलाई आधार मान्ने हो भने ३० वर्षअघि ९० प्रतिशत नेपाली त्यो सीमाभन्दा तल थिए । अहिले ५० प्रतिशतमा झरिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३० वर्षमा लाइफ एक्स्पेटेन्सी २२ वर्षले सुधार भएको छ । अहिले नेपालीको जीवन प्रत्याशा ७० वर्ष पुगेको छ, जहाँ की विश्वको औसत उमेर ७१ वर्ष छ । यसले पनि नेपालले विकासमा गरेको प्रगतीकै कारण विभिन्न सूचकहरुमा आफूलाई अब्बल सावित गर्दै गएको देखाउँछ ।
उल्लेखित प्रतिनिधिमुलक आयोजनाहरुले नेपाल समृद्धिको मार्गमा अघि बढिरहेको बलियो तत्थ्य हो । तसर्थ सामाजिक सञ्जालको प्रयोगले नागरिकमा निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देश बन्दैछ, परिणाम देखिदैछ भन्ने वास्तविक र सकरात्मक सन्देशको सञ्चार गर्दै जिम्मेवार नागरिक बनौं ।
अर्याल प्रेस चौतारी नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष हुन् ।