जेठ २४, काठमाडौं । बिहीबार साँझ सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसममा बदली हुने क्रम अहिले पश्चिम र मध्य क्षेत्र हुँदै पूर्वमा समेत सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी ३ दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेको स्पष्ट पारेको छ।
जेष्ठ २४ गते दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भू भागका आंशिक देखि सामान्य वदली रही पश्चिमी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।
रातिस् देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु(भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।
जेष्ठ २५ गते शनिवार दिउँसो देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेठ २६ गते आईतवार दिउँसो देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।