काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा नआउन आग्रह गर्ने निर्णय गरेको छ । भण्डारीले अध्यक्ष केपी शर्मा ओलीको सुझावलाई बेवास्ता गर्दै चुनौती दिएकाले पार्टीमा नफर्कन आग्रह गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको हो ।
नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको हो । नवौँ केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्षसहित निर्णय गरेको एमाले प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’
‘पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय सुनाइयो,’ एक केन्द्रीय सदस्यले भने ।
अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’
दुई दिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द् गौतमले बताउनुभयो । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनस्सक्रियता संस्थागत मर्यादा विपरीत हुने निष्कर्षमा बैठक पुगेको हो। ुराष्ट्र अध्यक्ष जस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँ प्रतिको पनि अपमान हुनसक्छ भन्ने भावना बैठकमा व्यक्त भयोु, गौतमले भन्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने निश्चित जस्तै गरेको छ ।
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुल्ला गरिदिएको छ । यो निर्णय भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन २०८४ मा जानु पर्ने र त्यसको लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नु पर्ने सुझाव दिनुभएको थियो । पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी रहेको छ ।
७० वर्षको उमेरहद र दुई कार्यकाल हटाएर एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुनबाट रोक्न नचाहेको गौतमले स्पष्ट पार्नुभयो । योग्यता पुगेका पार्टीका नेताहरू अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पार्नुभयो । यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उहाँले बताउनुभयो । ‘पूर्वराष्ट्रपति प्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ’, उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उहाँले स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसक्नु भएको उहाँले स्मरण गराउनुभयो ।
भण्डारीको सदस्यता कायम नराखिने
नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यस निर्णयले उनलाई राजनीतिमा आउन नदिने भएको छ ।
बुधबारको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए ।
सो प्रस्ताव पारित भएसँगै विद्या भण्डारीको एमालेमा राजनीति गर्ने बहस तत्काललाई रोकिएको छ ।
अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’
नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, बैठकको निर्णय सुनाउँदै गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
तीन नेताको असहमति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।
कर्ण थापालाई ओलीको जवाफः केको ‘नोटअफ डिसन्ट’ ?
एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखे । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि ओलीले मन्तव्य राख्न थाले ।
स्थायी कमिटी सदस्य कर्ण थापाले ‘नोटअफ डिसन्ट’राख्न खोज्दा ओलीले बस्न निर्देशन दिए । काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखिरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले समापन मन्तव्य राख्न थालेका हुन् । बैठकमा अध्यक्षले समापन मन्तव्य राख्न सुरु गर्नुभन्दा पहिला स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न समय मागे । तर उनलाई अध्यक्षले बस्न निर्देशन दिए । थापाले ‘नोटअफ डिसन्ट’ राख्न खोजेको भन्दै उठेपछि अध्यक्ष ओलीले निर्णय नै नसुनाई के को ‘नोटअफ डिसन्ट’ भन्दै बस्न निर्देशन दिएका हुन् ।
राख्छु भनेपछि ओलीले भने, ‘के को नोटअफ डिसेन्ट बस्नुस ।’
१ सय ८० सदस्यले राखे धारणा, विधान संशोधनको २६४ सवाल सङ्कलन
केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नु भएको छ ।
केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उहाँहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उहाँहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको छ । तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने छ र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गरिने छ ।
हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताउनुभएको छ । उहाँहरूले त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा उहाँहरूले राख्नु भएको छ ।